शुक्रबार, असार १२,२०८३ 07:42:53
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 07:42:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

युट्युबले अमेरिकामा लागेको आगलागीबाट प्रभावित कन्टेन्ट क्रियटरलाई १५ मिलियन डलर दिने

Laxmi Sunrise Bank Limited
युट्युबले अमेरिकामा लागेको आगलागीबाट प्रभावित कन्टेन्ट क्रियटरलाई १५ मिलियन डलर दिने

काठमाण्डौ । गूगल र युट्युबले अमेरिकामा लागेको आगलागीबाट प्रभावित समुदाय र कन्टेन्ट क्रियटरलाई १५ मिलियन डलर सहयोग गर्ने भएको छ । युट्युबका सीईओ निल मोहनले बुधबार आफ्नो ब्लग पोष्टमार्फत यसबारे जानकारी दिएका हुन् ।  

उक्त सहयोग लस एन्जलसका सहयता तथा उद्धारमा संलग्न स्थानिय संघ–संस्थालाई प्रदान गरिनेछ । लस एन्जलसमा रहेको कम्पनीको कार्यालय पुनःखुलेसँगै आगलागीबाट प्रभावित कन्टेन्ट क्रियटरले समेत सहायता पाउनेछन् । उनीहरुले आफ्नो व्यवसायलाई पुनर्स्थापना र पुनर्संरचना गर्न तथा सामुदायिक कार्य गर्नका लागि युट्युबको प्रोडक्सन फ्यासिलिटी उपयोग गर्न सक्नेछन् ।  

New Office
CG Motors
Garima Development Bank

गूगलका सीईओ सुन्दर पिचाईले एक्समा पोष्ट गरेका छन्, ‘हाम्रा सबै कर्मचारी,युट्युब क्रियटर समुदाय र लस एन्जलसमा रहेका सबैजना सुरक्षित रहनुहोला । हामी तपाईहरुलाई सहयोग गर्न तत्पर छौं ।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अमेरिकामा टिकटक बन्द हुने भएसँगै कन्टेन्ट टिकटकका कन्टेन्ट क्रियटरहरुले आफूहरुलाई अन्य सामाजिक सञ्जालहरुमा फलो गर्न आग्रह गरिरहेका बेला गूगल र युट्युबले यस्तो निर्णय गरेका हुन् । छोटो अवधिको भिडियो अपलोड गर्ने प्लेटफर्म,युट्युट सट्स्,  मेटा,रेडनोट र इन्स्टा रिल टिकटकको प्रतिष्पर्धि हुन् ।  

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.