बिहीबार, असार ११,२०८३ 08:06:42
Bizshala
  • बिहीबार, असार ११,२०८३ 08:06:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रभु क्यापिटलद्वारा विशिष्ट महिलाहरुलाई सम्मान, कुन क्षेत्रबाट को ?

Laxmi Sunrise Bank Limited
प्रभु क्यापिटलद्वारा विशिष्ट महिलाहरुलाई सम्मान, कुन क्षेत्रबाट को ?

काठमाण्डौ । अन्तर्राष्ट्रिय महिला दिवस २०२५ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने नेपाली नारीहरुको योगदानको कदर गर्दै सम्मान गरी मनाएको छ । 

New Office
CG Motors
Garima Development Bank

 “सबै महिला र चेलीबेटीहरूको लागिःअधिकार, समानता, र सशक्तिकरण“ नारासहित विश्वभर मनाइएको यो विशेष दिनमा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक, आशीष गौचन तथा संचालन विभाग प्रमुख बसन्ता उपाध्यायले विभिन्न क्षेत्रका नेपाली महिलाहरुलाई उनीहरुको परिश्रम तथा उपलब्धिको कदर गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाललाई चिनाउने असाधारण महिलाहरूको रुपमा सम्मान गरेका हुन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रभु क्यापिटलले सम्मान गरेका महिलाहरुमा सुगारिका के.सी (पूर्व मिस नेपाल/कर्पोरेट प्रशिक्षक/ प्रोफेशनल एमसी), सरिताश्री ज्ञवाली(मिडिया पर्सनालिटी तथा उद्यमी), मानसी अग्रवाल (अन्तर्राष्ट्रिय कर्पोरेट प्रशिक्षक), पलेशा गोवर्धन(पहिलो नेपाली ओलम्पिक पदकविजेता/तेक्वान्दो खेलाडी), श्रेया गिरी (२०२४ फोब्र्सको प्रभावशाली युवा व्यक्तिमा सूचीकृत/संस्थापक – ह्याप्पी माइन्ड्स), सङ्गीता पाण्डे (उद्यमी–आमाको अचार), सोनिका मानन्धर (टेकबिजनेस ) तथा रम्भा श्रेष्ठ (नि.अध्यक्ष–नेपाल महिला उद्यमी संघ, ललितपुर) रहेका छन् ।  

प्रभु क्यापिटल मर्चेन्ट सम्बन्धी सेवा प्रदान गर्ने संस्था हो जसले आफ्ना सेवा तथा Product हरुसँगै गाँसेर सामाजिक उत्तरदायित्व समेत वहन गर्दै आइरहेको छ । जसले पूँजीबजारसँग सम्बन्धित सचेतना कार्यक्रम तथा तालिम पनि प्रदान गर्दछ भने सेवामध्ये शेयर लगानी व्यवस्थापन सेवा, लगानी विविधिकरणको राम्रो विकल्प मानिन्छ । “महिलाहरुलाई आर्थिक रुपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणा लिई प्रभु क्यापिटलको “प्रभु ऐश्वर्या योजना”पिएमएस योजना समेत सञ्चालनमा रहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.