शनिबार, श्रावण २,२०८३ 01:31:36
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 01:31:36
Bizshala
Global IME Bank Limited

नेपाल लाइफद्वारा किओचलाई बाल अस्पताल निर्माण गर्न रु. १ करोड सहयोग

नेपाल लाइफद्वारा किओचलाई बाल अस्पताल निर्माण गर्न रु. १ करोड सहयोग
New Office

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल स्वास्थ्यमा काम गरिरहेको गैर नाफामूलक संस्था काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई काठमाण्डौ अस्पताल भवन निर्माणका लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रु १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।  

किओचको कार्यालयमा आयोजित एक कार्यक्रममा सो सम्बन्धी दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट संस्थापक अध्यक्ष डा. भगवान कोइराला र नेपाल लाइफ इन्स्योरेन्स तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले हस्ताक्षर गरे ।

काठमाण्डौको बुढानीलकण्ठ नगरपालिका वडा नं. ७ मा ‘हब’ अस्पतालका रूपमा बहुविशिष्टिकृत बाल अस्पताल किओच–काठमाण्डौ निर्माण कार्य अन्तिम चरणमा रहेको छ । अस्पतालको मूल भवनको निर्माण कार्य जारी रहँदा बिरामी बालबालिकालाई सेवा प्रदान गर्ने कार्य सुरु गर्न र बाल स्वास्थ्य तथा नसर्ने रोगहरूका सम्बन्धमा अनुसन्धान अघि बढाउनका लागि क्लिनिकल रिसर्च बिल्डिङ निर्माण भई कार्य आरम्भ भइसकेको छ ।

कार्यक्रममा बोल्दै यस कम्पनीका संचालक कमलेश कुमार अग्रवालले डा. भगवान कोइरालाको अग्रसरतामा शुभारम्भ भएको यस परियोजनाले नेपालमा रहेका बालबालिकाको स्वास्थ्यको अवस्था सुधार गर्न अतुलनीय भूमिका निर्वाह गर्ने बताए । यस किसिमको परियोजनाले राज्यले लिएको नीतिलाई समेत सघाउ पुग्ने र आगामी दिनमा पनि निजी स्तरबाट नै यस किसिमको परियोजनाहरूको सफल कार्यान्वयन गर्न सकिएको खण्डमा नेपालका दूरदराजका आम नागरिकहरु उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने उनले बताए ।  

कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न सामाजिक, आर्थिक, शैक्षिक र संस्कृतिक रूपान्तरणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको कुरा बताए । उनले नेपालमा बाल स्वास्थ्यमा रूपान्तरण ल्याउनका निम्ति सुरुवात गरिएको यस परियोजनाका लागि सबैलाई बधाई तथा शुभकामना ज्ञापन गरे ।  

कार्यक्रममा बोल्दै काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष, मुटुरोग विशेषज्ञ तथा प्राध्यापक डा. भगवान कोइरालाले नेपाल लाइफले प्रदान गरेको सहयोगले परियोजनाले गति प्राप्त गर्ने बताए ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.