बिहीबार, बैशाख ३१,२०८३ 09:48:15
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 09:48:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेक्सजेन म्यानेजमेन्ट पूँजी वृद्धि गर्दै पब्लिक लिमिटेडमा रूपान्तरण, सर्वसाधारणलाई ३०% सेयर छुट्टाइयो

Laxmi Sunrise Bank Limited
नेक्सजेन म्यानेजमेन्ट पूँजी वृद्धि गर्दै पब्लिक लिमिटेडमा रूपान्तरण, सर्वसाधारणलाई ३०% सेयर छुट्टाइयो
Shivam Cement

काठमाण्डौ । सम्पत्ति व्यवस्थापन कम्पनीको तयारीमा रहेको नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स पूँजी वृद्धि गर्दै पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको छ । कम्पनीको २०८२ बैशाख २२ मा सम्पन्न विशेष साधारण सभाले पूँजी वृद्धि सहित लिमिटेड कम्पनीमा परिवर्तन हुने निर्णय गरेको थियो ।

कम्पनी रजिष्ट्रारको कार्यालयको २०८२ असार २७ को निर्णयबाट कम्पनीको अधिकृत पूँजी १ अर्ब र जारी पूँजी ५० करोड पुगेको छ । त्यसैगरी, सोही मितिबाट कम्पनी पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको छ । कम्पनी पूर्व बैंकर तथा बीमा प्राधिकरणका पूर्वअध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा सञ्चालित छ । कम्पनीको व्यवस्थापन पूर्वबैंकर तथा पूर्वबीमा प्रमुख रमेशकुमार भट्टराईले नेतृत्व गरिरहेका छन् । 

Bizshala
New Office
CG Motors

नेक्सजेन म्यानेजमेन्ट बैंक तथा वित्तीय संस्थाको निष्कृय कर्जा र गैह्र बैंकिङ्ग सम्पत्ति व्यवस्थापन गर्ने गरी पूर्वबैंकरहरूबाट संचालित कम्पनी हो ।सम्पत्ति व्यवस्थापन कम्पनी ऐन नआउन्जेल यसले निष्कृय कर्जाको समस्यामा परेका ऋणीहरू तथा पूँजी विस्तार गरी उद्योग व्यवसाय राम्ररी चलाउन चाहने ब्यबसायीलाई कर्पोरेट एडभाइजरीको सेवा प्रदान गरिरहेको छ । यस कम्पनीले विगत तीन बर्षदेखि लगातार खुद नाफा आर्जन गर्न सफल भएको छ ।

बैंक वित्तीय संस्थामा निष्कृय कर्जाको समस्या चुनौतीको रुपमा रहेको विद्यमान अवस्थामा यसको समाधानको लागि नेपाल राष्ट्र बैंक र सरकार दुवै सम्पत्तिव्यवस्थापन कम्पनी ऐन ल्याउन लागि परेका छन् ।

ऐनको मस्यौदा तयार भइसकेको भएतापनि पूँजी कति राख्ने भन्ने विषयमा द्विविधामा रहेको देखिन्छ । छिमेकी मुलुक र अन्तर्राष्ट्रिय अभ्यास अनुसार खर्वौको निष्कृय कर्जा व्यवस्थापन गर्न कर्जाको प्रकृति र साइज अनुसार साना ठूला कम्पनी आवश्यक पर्दछ । नेपालको ‘क’,‘ख’,‘ग’,‘घ’वर्गको वित्तीय स्वरूप हेर्दा सम्पत्ति व्यवस्थापन कम्पनी पनि साना, मध्यम र ठूला पुँजी हुने सबै प्रकारका कम्पनी आवश्यक पर्ने देखिन्छ ।

नेक्सजेन म्यानेजमेन्टले यहि आवश्यकता महसुस गरेर पूर्व तयारीको लागि हाललाई एक अर्बसम्म जाने गरी पूँजी वृद्धि गरेका हो । साथै भविष्यमा आवश्यकता अनुसार सर्वसाधारणलाई पनि यो कम्पनीमा समावेश गर्ने गरी ३० प्रतिशत सेयर सर्वसाधारणको लागि छुट्ट्याएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.