बुधबार, श्रावण १३,२०८३ 09:02:06
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 09:02:06
Bizshala
Global IME Bank Limited

सिकलेस हाइड्रोद्वारा बोनस सेयर, नगद लाभांश र हकप्रद वितरणको घोषणा, सूचना यसअघि नै चुहिसकेको थियो !

सिकलेस हाइड्रोद्वारा बोनस सेयर, नगद लाभांश र हकप्रद वितरणको घोषणा, सूचना यसअघि नै चुहिसकेको थियो !
New Office

काठमाण्डौ । सिकलेस हाइड्रोपावर लिमीटेडले सेयरधनीका लागि एकसाथ बोनस सेयर, नगद लाभांश र हकप्रद सेयर वितरणको घोषणा गरेको छ ।  

कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०-८१ र २०८१-८२ को सञ्चित मुनाफाबाट चुक्तापूँजीको  १५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको हो ।

बोनस सेयरमा लाग्ने करका लागि ०.७८९ प्रतिशत नगद लाभांश समेत वितरण गरिने समेत घोषणा भएको छ । 

यसैगरी, बोनस सेयर वितरणपछि कायम हुने चुक्तापूँजीको १ः१ अनुपात कायम हुने गरी हकप्रद सेयर समेत निश्कासन गर्ने सञ्चालक समितिको बैठकले निर्णय गरेको कम्पनी सचिव निराजन महर्जनले जानकारी दिएका छन् ।  

बोनस सेयर र हकप्रद सेयर निश्कासनको यही सूचना यसअघि नै बजारमा चुहिएका कारण दोश्रो बजार मूल्य बढेर प्रतिकित्ता १ हजार १०० माथि पुगिसकेको छ । 

यहीकारण एकमहिनाअघिसम्म प्रतिकित्ता ८८३ रुपैयाँमा कारोबार भइरहेको यो कम्पनीको मूल्य एकाएक बढाएर ११ रुपैयाँभन्दा माथि पुर्याइसकेको देखिन्छ ।  

बोनस सेयर र हकप्रदको सूचना यसअघि नै चुहिसकेका कारण सञ्चालक समितिको निर्णय बाहिर आएको दिन सोमबार भने दोश्रो बजार मूल्य घटिरहेको देख्न सकिन्छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.