बिहीबार, असार ११,२०८३ 08:06:16
Bizshala
  • बिहीबार, असार ११,२०८३ 08:06:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मातृभूमि लघुवित्त ५.७९ करोड घाटामा, वितरणयोग्य मुनाफा पनि ११ करोड बढीले ऋणात्मक

Laxmi Sunrise Bank Limited
मातृभूमि लघुवित्त ५.७९ करोड घाटामा, वितरणयोग्य मुनाफा पनि ११ करोड बढीले ऋणात्मक

काठमाण्डौ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाले ५ करोड ७९ लाख रुपैयाँ खुद घाटा व्यहो्रेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १०७.४३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्था २ करोड ७९ लाख रुपैयाँ घाटामा थियो ।  

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने ५३.७३ प्रतिशतले बढेको छ । चौथो त्रैमाससम्म संस्थाले ४० करोड ८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी भने घटेको छ । अघिल्लो आवमा ४ करोड ८५ लाख रुपैयाँ खुद शुल्क तथा कमिशन आम्दानी आर्जन गरेको संस्थाले समीक्षा अवधिसम्म ३७ लाख ९७ हजार मात्रै आर्जन गरेको छ ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै संस्थाको वितरणयोग्य मुनाफा ११ करोड ६लाख रुपैयाँले ऋणात्मक छ । चुक्तापूँजी ६२ करोड ८३ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ ११ करोड ६ लाख रुपैयाँले ऋणात्मक छ । संस्थाको रिजर्भमा ६३ करोड ३२ लाख रुपैयाँ सञ्चित रहेको छ ।  

चौथो त्रैमाससम्ममा ४ अर्ब २७ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले १० अर्ब ३२ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।  

यो अवधिमा संस्थाको खराब कर्जा अनुपात घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ९.८५ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ८.७६ प्रतिशत पुगेको छ ।    

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ९.२२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८३.१६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ९७४.३६ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३०.६८ गुणा र तरलता अनुपात १.५८ प्रतिशत कायम भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.