बुधबार, श्रावण १३,२०८३ 05:37:00
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 05:37:00
Bizshala
Global IME Bank Limited

क्रेडिट कार्ड लिँदा यी कुरामा ध्यान दिनुहोस्, फाइदामा रहनुहोस्

क्रेडिट कार्ड लिँदा यी कुरामा ध्यान दिनुहोस्, फाइदामा रहनुहोस्
New Office

काठमाण्डौ । अहिले नेपालमा नगदरहित कारोबार वद्धि भईरहेको छ । क्रेडिट कार्ड, डेबिट कार्डजस्ता आधुनिक उपकरणले पैसा साथमा बोकेर कारोबार गर्नुुपर्ने बाध्यताबाट छुटकारा दिलाएको छ। यी कार्डका प्रयोगकर्ता नेपालमा पनि उल्लेख्य संख्यामा रहेका छन्। यदि तपाइँ पनि पहिलो पटक क्रेडिट कार्ड प्रयोग गर्नेबारे सोचिरहनुभएको छ भने योसँग जोडिएका केही महत्वपूर्ण कुराहरु जानी राख्न आवश्यक पर्दछ। यसो गर्दा तपाइँलाई उपयुक्त हुने क्रेडिट कार्ड छनोट गर्न सहयोग पुग्दछ र यसबाट तपाइँलाई फाइदासमेत पुग्दछ। 

तथापि जानकारका अनुसार क्रेडिट कार्ड प्रयोग गर्दा वित्तीय अनुशासनको पालना गर्नु अतिआवश्यक पर्ने गर्दछ। यसो गर्दा तपाइँको क्रेडिट स्कोर मजबुत हुनुका साथै ऋण हासिल गर्नसमेत मद्दत पुुग्दछ। यहाँ हामी तपाइँहरुसमक्ष क्रेडिट कार्ड लिनुभन्दा पहिले ध्यान दिनुपर्ने विषयबारे चर्चा गर्दैछौँ। 

१. क्रेडिट कार्डमा क्यासब्याकको अप्सन

क्रेडिट कार्डमा कयौँ कम्पनीले क्यास ब्याक दिने गर्दछन्। यस्तोमा तपाइँले कुन बैंक वा वित्तीय संस्थाले कुन कार्डमा कति क्यासब्याक दिइरहेका छन् भन्नेबारे जानकारी लिनुपर्दछ। यसका साथै तपाइँले लिने क्रडिट कार्ड लामो अवधिसम्म फाइदाजनक छ कि छैन भन्नेबारे पनि जानिराख्नु पर्दछ। 

२. कति छ ब्याजदर 

क्रेडिट कार्डसँग जोडिएको अर्काे महत्वपूर्ण पाटो भनेको ब्याजदर हो। प्रायः क्रेडिट कार्डमा लिइने ब्याजदर अलि बढी नै हुने गर्दछ। यदि तपाइँ डेडलाइनभित्र पैसा तिर्न असमर्थ हुनुभयो भने तपाइँले तोकिएको ब्याज तिर्नुपर्ने हुुन्छ। कहिलेकाहीँ तोकिएको बेला पैसा तिर्न नसकिने अवस्था पनि आउन सक्छ। त्यसैले क्रेडिट कार्ड लिँदा कम ब्याजदर भएको क्रेडिट कार्ड लिनुपर्दछ। 

३. कस्तो प्रकारको छुट पाइन्छ

कयौँ कम्पनीले आफ्नो बिक्री बढाउनलाई क्रेडिट कार्डमा छुटको व्यवस्था गरेका हुुन्छन्। यस्तोमा तपाइँले उपलब्ध भएका छुुट कुन प्रकारका हुन् र तिनले तपाइँलाई कस्तो फाइदा पुर्याउँदछन् भन्नेबारे विस्तृृत जानकारी लिनुपर्दछ। 

४. कति तिर्नुपर्छ महसुल 

क्रेडिट कार्ड लिँदाखेरी त्यसमा विभिन्न प्रकारका महसुल पनि समावेश गरिएका हुन्छन्। जस्तै यानुअल चार्ज, रिवार्ड प्वाइन्ट चार्ज, क्रेडिट लिमिट चार्ज, इन्टरनेसनल कम्युनिकेसन चार्ज, क्यास एड्भान्स चार्ज र अन्य। क्रेडिट कार्ड लिँदा यस्ता महसुलबारे जानकार हुनु पर्दछ। 

५. भुक्तानीका बारेमा कस्ता छन् सर्तहरु 

क्रेडिट कार्डमा भुक्तानीको भूमिका पनि महत्वपूर्ण रहेको हुन्छ। त्यसैले क्रेडिट कार्ड लिने निर्णय गर्नुभन्दा पहिले कम्पनी वा क्रेडिट कार्ड जारी गर्नै संस्थाको न्यूनतम पुनः भुक्तानी भ्यालुका बारेमा पनि ध्यान दिनु पर्दछ। बिनाब्याजमा भुक्तानी गर्दा कति समय उपलब्ध भइरहेको छ भन्नेबारेमा पनि थाहा पाइरहनुपर्दछ। 

६. रिवार्ड प्वाइन्टमा पनि ध्यान दिन जरुरी

क्रेडिट कार्डमा प्रयोगकर्तालाई रिवार्ड प्वाइन्टका रुपमा फाइदा मिल्ने गर्दछ। फरक–फरक संस्थाले आफ्ना विशेष ग्राहकलाई रिवार्ड प्वाइन्ट लिने सुविधा दिएका हुन्छन्। त्यसैले आफ्नो आवश्यकता र खर्च गर्ने प्राथमिकताका आधारमा क्रेडिट कार्ड चुुन्नुपर्दछ। – एजेन्सी

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.