बिहीबार, असार ११,२०८३ 08:03:50
Bizshala
  • बिहीबार, असार ११,२०८३ 08:03:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विद्युत बिक्री आम्दानी घट्दा खानीखोला हाईड्रो १.८९ करोड घाटामा

Laxmi Sunrise Bank Limited
विद्युत बिक्री आम्दानी घट्दा खानीखोला हाईड्रो १.८९ करोड घाटामा

काठमाण्डौ । विद्युत बिक्री आम्दानीमा गिरावट आउदा खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेड घाटामा गएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म १ करोड ८९ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले १ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १ करोड ८२ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको १० करोड ९४ हजार रुपैयाँको तुलनामा ६७.४९ प्रतिशतले कम हो । कम्पनीले लिएको ऋणका लागि बैंकलाई १ करोड ९३ लाख ब्याज रकम तिरेको छ ।      

New Office
CG Motors
Garima Development Bank

कम्पनीको रिटेन्ड अर्निङ १६ करोड ४८ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२.१४ रुपैयाँले ऋणात्मक,प्रतिसेयर नेटवर्थ ८१.३९ रुपैयाँ,मूल्य आम्दानी अनुपात १०३.४६ गुणा ऋणात्मक र तरलता अनुपात ६.८० प्रतिशत कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.