शुक्रबार, श्रावण १,२०८३ 02:15:42
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 02:15:42
Bizshala
Global IME Bank Limited

फिस्टेल ड्रीम पार्कले आईपीओ जारी प्रक्रियाका लागि नेपाल लाइफ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त

फिस्टेल ड्रीम पार्कले आईपीओ जारी प्रक्रियाका लागि नेपाल लाइफ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त
New Office

काठमाण्डौ । आयु इन्टरटेन्मेन्ट लिमिटेडले पोखरास्थित फिस्टेल ड्रीम पार्कको जारी पूँजीको २० प्रतिशत सर्वसाधारणलाई प्रति शेयर रु. १०० अंकित मूल्यमा आईपीओ जारी गर्ने तयारी थालेको छ। 

कम्पनीले आईपीओ निष्काशन प्रक्रियालाई अघि बढाउनका लागि ३० लाख कित्ता साधारण शेयर बिक्री गर्न नेपाल लाइफ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ।

यस सम्बन्धी सम्झौता मंसिर ३ गते, बुधवार, नेपाल लाइफ क्यापिटलको कमलपोखरीस्थित कार्यालयमा सम्पन्न कार्यक्रममार्फत सम्पन्न भयो। सम्झौतामा आयु इन्टरटेन्मेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष कदम के.सी. र नेपाल लाइफ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीष घिमिरेले हस्ताक्षर गरेका छन्।

सारथी ग्रुपसहितका प्रतिष्ठित उद्यमी तथा पोखराका पर्यटन व्यवसायीहरूको लगानी रहेको फिस्टेल ड्रीम पार्क करिब ५७ रोपनी क्षेत्रफलमा फैलिएको आधुनिक मनोरञ्जन पार्क हो।

सबै उमेर समूहका लागि आकर्षक गन्तव्य मानिने यस पार्कमा अत्याधुनिक वाटर पार्क, साहसिक अनुभवका लागि वेब पुल तथा एडभेन्चर गेम, परिवारका लागि विविध मनोरञ्जन सुविधाहरू उपलब्ध छन्। यसलाई अहिलेसम्म नेपालको सबैभन्दा ठूलो मनोरञ्जन पार्कका रूपमा मानिन्छ।

आयु इन्टरटेन्मेन्ट लिमिटेडले आईपीओमार्फत आम लगानीकर्ताको सहभागिता बढाउँदै फिस्टेल ड्रीम पार्कलाई अझ आधुनिक, आकर्षक र अन्तर्राष्ट्रिय स्तरको मनोरञ्जन गन्तव्यका रूपमा विकसित गर्ने लक्ष्य प्रस्तुत गरेको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.