बिहीबार, बैशाख ३१,२०८३ 09:48:15
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 09:48:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेक्सजेन म्यानेजमेन्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

Laxmi Sunrise Bank Limited
नेक्सजेन म्यानेजमेन्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
Shivam Cement

काठमाण्डौ । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासनको तयारी सुरु गरेको छ । कम्पनीले रु.१०० अंकित दरका १५ लाख कित्ताले हुन आउने १५ करोड रुपैयाँबराबरको साधारण सेयर निष्काशनको तयारी गरेको हो ।

यसका लागि कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी सनइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेकोे छ ।

Bizshala
New Office
CG Motors

उक्त सेयर निष्काशनका लागि नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको तर्फवाट प्रबन्ध सञ्चालक रमेश कुमार भट्टराई तथा लक्ष्मी सनइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठका बीच लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड, नयाँ बानेश्वर, काठमाण्डौमा मंसिर ८ गते द्विपक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण सेयर निष्काशन गरिने सम्झौता गरियो ।

नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको हाल अधिकृत पूँजी १०० करोड तथा जारी पूँजी ५० करोड रहेको छ । कम्पनीले स्थापनाको तेस्रो वर्षबाट लगातार छ वर्ष खुद मुनाफा आर्जन गरिरहेको, गत वर्ष नगद लाभांस वितरण गरि यस वर्ष खुद मुनाफा जगेडा कोषमा सारेको र नेटवर्थ सेयरको अंकित मुल्य भन्दा बढी रहेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

कम्पनीको अध्यक्षमा पूर्व बैकर तथा बीमा प्राधिकरणका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाह छन्। सम्झौता समाहरोहमा कम्पनीका सेयरधनी विजय बहादुर शाह र  मल पन्थीको उपस्थिति रहेको थियो ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.