मंगलवार, श्रावण ५,२०८३ 12:37:11
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 12:37:11
Bizshala
Global IME Bank Limited

लाभांश पारित गर्दै कृषि विकास बैंकको साधरण सभा सम्पन्न

लाभांश पारित गर्दै कृषि विकास बैंकको साधरण सभा सम्पन्न
New Office

काठमाण्डौ । कृषि विकास बैंकको आर्थिक वर्ष २०८१/८२ अर्थात १९ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । उक्त सभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा मंसिर २९ गते सम्पन्न भएको हो ।

सभामा सेयरधनीहरुलाई चुक्ता पूँजीको ३.२५ प्रतिशत बोनस सेयर र नगद लाभांश स्वरुप ९.७५ प्रतिशत (कर सहित) उपलव्ध गराउने प्रस्ताव पारित भयो ।  बैंक संचालक समितिका अध्यक्ष डिम प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त साधरणसभामा वक्ताको रुपमा नेपाल सरकार महालेखा नियन्त्रक कार्यालयका प्रतिनिधी मुक्तीरमण पराजुली लगायत ९ जनाले आफनो भनाई राखेका थिए ।

यसरी  भाग लिएका सेयरधनीहरुले उठाएका जिज्ञासका सम्बन्धमा सञ्चालक समिति अध्यक्ष डिम प्रसाद पौडेलले स्पष्ट पार्नुका साथै सेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरे । 

सेयरधनीहरुको वाक्लो उपस्थिती रहेको उक्त साधरणसभामा विभिन्न निकाय/संघ/संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक संचालक समितिका सदस्यहरु क्रमशः सेवन्तक पोखरेल, डा.हरी बहादुर केसी, गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, विनोद कुमार गुरागाँई , रीता सुवेदी र प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थिती रहेको थियो भने साधरणसभाको सञ्चालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.