बुधबार, श्रावण १३,२०८३ 02:56:16
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 02:56:16
Bizshala
Global IME Bank Limited

निजी क्षेत्रप्रतिको दृष्टिकोण परिवर्तन आवश्यक, निर्वाचन नै समस्याको उत्तम विकल्पः प्रचण्ड

निजी क्षेत्रप्रतिको दृष्टिकोण परिवर्तन आवश्यक, निर्वाचन नै समस्याको उत्तम विकल्पः प्रचण्ड
New Office

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको आर्थिक विकास र समृद्धिका लागि निजी क्षेत्रप्रति राज्यको दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आज राजधानीमा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा सम्बोधन गर्दै उनले निजी क्षेत्र सुरक्षित र विश्वस्त भए मात्रै विकासको सोच व्यवहारमा उतार्न सकिने बताएका हुन् ।

प्रचण्डले संविधानमा निजी क्षेत्रको भूमिकाबारे स्पष्ट व्यवस्था भए पनि कार्यान्वयन कमजोर भएको स्वीकार गर्दै कानुनी तथा नीतिगत बाधा हटाउन संशोधन आवश्यक रहेको बताए। आवश्यक परे संविधान संशोधन गरेरै भए पनि निजी क्षेत्रमैत्री वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

आगामी निर्वाचनका सन्दर्भमा उनले शान्ति र सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख दायित्व भएको बताए। ‘अब के होला भन्ने अन्योलको अवस्था छैन, देश निर्वाचनको बाटोमा अघि बढिसकेको छ,’ उनले भने, ‘सरकारले विभिन्न चुनौती चिर्दै निर्वाचनको वातावरण तयार गरेको छ।’

हाल देखिएको ‘जेन–जी आन्दोलन’ले आत्मसमिक्षाको आवश्यकता औंल्याएको उल्लेख गर्दै प्रचण्डले यसले देशमा गम्भीर संकट निम्त्याउन सक्ने चेतावनीसमेत दिए। उनले सबै राजनीतिक शक्ति एक ठाउँमा उभिएर समस्याको समाधान खोज्नुपर्ने बताए।

उनका अनुसार वर्तमान अवस्थामा निर्वाचन नै मुलुकको समस्याको उत्तम विकल्प। लोकतान्त्रिक प्रक्रियामार्फत स्थिरता र विश्वास कायम गर्दै आर्थिक गतिविधि तीव्र पार्नुपर्नेमा उनले जोड दिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.