बिहीबार, असार ११,२०८३ 08:06:12
Bizshala
  • बिहीबार, असार ११,२०८३ 08:06:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आम्दानीमा सुधार आएसँगै खानीखोला हाईड्रोपावरको घाटा घट्यो

Laxmi Sunrise Bank Limited
आम्दानीमा सुधार आएसँगै खानीखोला हाईड्रोपावरको घाटा घट्यो

काठमाण्डौ । खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडको विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको घाटामा कमी आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म विद्युत बिक्रीमार्फत ८ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५४.४७ प्रतिशतले बढी हो ।

कम्पनीले अघिल्लो आवसम्म विद्युत बिक्रीबाट ५ करोड ६० लाख रुपैयाँ आर्जन गरेको थियो ।

New Office
CG Motors
Garima Development Bank

आम्दानीमा बढोत्तरी आएसँगै कम्पनीको घाटा कम भएको छ । अघिल्लो आवमा ४ करोड ९३ लाख रुपैयाँबराबरको खुद घाटा व्यहोरेको कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ४५ लाख घाटा व्यहोरेको छ ।

कम्पनीको वित्त खर्च घटेको छ । अघिल्लो आवमा ५ करोड ६५ लाख रुपैयाँ रहेको कम्पनीको वित्त खर्च घटेर ४ करोड २६ लाखमा सीमित बनेको छ । कम्पनीको रिजर्भको आकार भने १० करोड ६४ लाखले ऋणात्मक अवस्थामा रहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १.५६ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ८८.५७ रुपैयाँ, पीई रेसियो १८३.९२ गुणा ऋणात्मक र तरलता अनुपात ८.४४ प्रतिशत कायम भएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.