शुक्रबार, श्रावण १,२०८३ 03:21:56
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 03:21:56
Bizshala
Global IME Bank Limited

नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको सडक प्रदर्शन

नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको सडक प्रदर्शन
New Office

काठमाण्डौ । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ का केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै शैक्षिक परामर्श व्यवसायीहरूले शुक्रबार बागबजार र पुतलीसडक क्षेत्रमा प्रदर्शन गरेका छन् ।

यसअघि हातमा कालोपट्टी बाँधेर विरोध जनाउँदै आएका व्यवसायीहरूले आज प्लेकार्डसहित सडक प्रदर्शन गर्दै नियमावली संशोधन गर्न सरकारसँग माग गरेका हुन् ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले सरोकारवालासँग पर्याप्त छलफल नगरी नियमावली जारी गरिएको तथा त्यसका केही व्यवस्था अव्यावहारिक र व्यवसायमैत्री नरहेको भन्दै निरन्तर विरोध गर्दै आएको छ ।

इक्यानले हाल एक वर्षका लागि मात्र दिइने अनुमतिपत्रको अवधि पाँच वर्ष कायम गर्न, शैक्षिक मेला, सेमिनार तथा प्रदर्शनी आयोजना गर्न मन्त्रालयको पूर्वस्वीकृति अनिवार्य गर्ने व्यवस्था हटाउन तथा पहिलेदेखि सञ्चालनमा रहेका संस्थामा नयाँ मापदण्ड बाध्यकारी रूपमा लागू नगर्न माग गरेको छ ।

त्यसैगरी विदेशी कलेज तथा विश्वविद्यालयबाट प्राप्त हुने सेवा शुल्क रोक्ने व्यवस्था खारेज गर्न, दोहोरो कर तथा आय–व्यय विवरण बुझाउने प्रावधान हटाउन, विद्यार्थीलाई क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था पुनरावलोकन गर्न तथा संस्थागत ग्रेडिङ प्रणाली र धरौटीसम्बन्धी प्रावधान संशोधन गर्नुपर्ने माग पनि व्यवसायीहरूले अघि सारेका छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.