बुधबार, श्रावण ६,२०८३ 12:28:33
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 12:28:33
Bizshala
Global IME Bank Limited

काठमाण्डौ उपत्यकामा १९% ले घट्यो सडक दुर्घटना

काठमाण्डौ उपत्यकामा १९% ले घट्यो सडक दुर्घटना
New Office

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा सडक दुर्घटनाको संख्या पछिल्ला वर्षहरूमा घट्दै गएको छ। काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा दुर्घटना करिब १९ प्रतिशतले कमी आएको हो।

कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा काठमाण्डौ उपत्यकामा आठ हजार ८८१ वटा सडक दुर्घटना भएका थिए। उक्त संख्या आव २०८१/८२ मा घटेर सात हजार १६९ पुगेको थियो भने आव २०८२/८३ मा अझ घटेर पाँच हजार ८०३ मा सीमित भएको छ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले दुर्घटना न्यूनीकरणमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सम्बन्धित सरोकारवाला निकायको सक्रियता, प्रभावकारी ट्राफिक व्यवस्थापन तथा जिम्मेवार कार्यसम्पादनले सकारात्मक प्रभाव पारेको बताए।

 

ट्राफिक प्रहरीका अनुसार वर्षभरिका दुर्घटनाको विश्लेषण गर्दा सबैभन्दा बढी दुर्घटना शुक्रबार हुने गरेको पाइएको छ। सुवेदीका अनुसार शुक्रबार एक हजार १०३ वटा दुर्घटना भएका छन् भने सबैभन्दा कम दुर्घटना बुधबार भएको छ। बुधबार ६४५ वटा दुर्घटना भएको तथ्यांक रहेको छ।

ट्राफिक प्रहरीले सडक सुरक्षामा सुधार ल्याउन चालक तथा पैदलयात्री दुवैले ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्नेमा जोड दिएको छ। नियमको पालना, सचेतना र जिम्मेवार सडक व्यवहारबाट दुर्घटना न्यूनीकरणमा थप सहयोग पुग्ने प्रहरीको भनाइ छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.