बिहीबार, बैशाख ३१,२०८३ 09:48:18
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 09:48:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

वित्तिय परामर्श र व्यवस्थापनको लागि नेक्सजेन म्यानेजमेन्ट र होटल सेभेनबीच सम्झौता

Laxmi Sunrise Bank Limited
वित्तिय परामर्श र व्यवस्थापनको लागि नेक्सजेन म्यानेजमेन्ट र होटल सेभेनबीच सम्झौता
Shivam Cement

काठमाण्डौ । नेक्सजेन म्यानेजमेन्ट र सौराहाको होटल सेभेन (साविक होटल सेभेन स्टार) बीच वित्तिय परामर्श र व्यवस्थापनको लागि सम्झौता सम्पन्न भएको छ। नारायणहिटी उत्तर ढोका स्थित होटलको कर्पोरेट कार्यालयमा दुबै कम्पनीका उच्च पदाधिकारीको उपस्थितिमा असार ६ गते उक्त सम्झौता सम्पन्न भएको हो। सम्झौता पत्रमा होटलको तर्फबाट अध्यक्ष हरि प्रसाद पाठक र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई हस्ताक्षर गरे।  

चितवनको सौराहामा २०६७ सालमा स्थापित होटल सेभेन प्रालि २ तारे सुविधा सम्पन्न होटल हो। ५२ कट्ठा जग्गामा निर्मित होटलमा सुविधा सम्पन्न ४८ कोठा, स्वीमिङ पुल, छुट्टै रेष्टुरेन्ट, तिनवटा सेमिनार हलहरू रहेका छन्।  

होटलले निकट भविष्यमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न पाँच तारे स्तरको सुविधा प्रदान गर्ने गरि होटलाई स्तरोन्नती गरिहेको छ। आउने वर्ष होटलको थप ३० वटा कोठा, सेमिनार हल, जीम क्लब, कन्टिनेन्टल रेष्टुरेन्ट बनाउने योजना छ । त्यसको लागि थप पूँजीको आवश्यकता पर्छ। थप संस्थापक सेयरधनीहरू ल्याउने र सर्वसाधारणलाई सेयर जारी गरी पूँजीको ब्यवस्था गर्ने योजना रहेको होटलका अध्यक्ष हरि प्रसाद पाठकले जानकारी गराए।  

Bizshala
New Office
CG Motors

होटलको हालको पूँजी संरचना परिवर्तन, लिमिटेड कम्पनीमा रूपान्तरण, आवश्यक श्रोतको व्यवस्थापन, व्यवसायिक योजना, होटलको बजारीकरण, सर्वसाधारणलाई सेयर निष्काशन लगायत कार्यमा नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले परमर्शदाताको रूपमा सेवा प्रदान गर्नेछ। नेक्सजेन म्यानेजमेन्ट सम्पत्ति व्यवस्थापन र व्यवसायिक परामर्श दिने कम्पनी हो। छोटो अवधिमा यसले स्वदेशी र विदेशी उद्योगपति व्यवसायीलाई परामर्शदाताको सेवा दिन सफल भएको कम्पनीले जनाएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.