बुधबार, श्रावण १३,२०८३ 05:35:29
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 05:35:29
Bizshala
Global IME Bank Limited

कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारीको सञ्चालक हुन सक्ने व्यवस्थाको पूर्ण परिपालना गराउन निर्देशन

कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारीको सञ्चालक हुन सक्ने व्यवस्थाको पूर्ण परिपालना गराउन निर्देशन
New Office

काठमाण्डौ । सहकारी विभागले कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने भन्ने व्यवस्थाको पूर्ण परिपालना गर्न÷गराउन निर्देशन दिएको छ । विभागले आज सबै सहकारी संस्थालाई परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो ।  

सहकारी ऐन, २०७४ को दफा ९४१० को उपदफा ९५० मा कुनै एक व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था रहेकाले कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्थाको पूर्ण परिपालना गर्न÷गराउन निर्देशन दिइएको विभागले जनाएको छ ।  

यदि कुनै व्यक्ति दुई वा सोभन्दा बढी सहकारी संस्थाको सञ्चालक रहेको भए यो निर्देशन जारी भएको ३० दिनभित्र एउटा संस्थाको मात्र सञ्चालक पद कायम राखी अन्यको त्याग्न विभागले निर्देशन दिएको छ। अन्यथा कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने विभागले जनाएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.