मंगलवार, श्रावण ५,२०८३ 08:24:05
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 08:24:05
Bizshala
Global IME Bank Limited

एशियन लाइफको ५.३० लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

एशियन लाइफको ५.३० लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
New Office

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले ५ लाख ३० हजार ४६ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७५ रुपैयाँ निर्धारण गरिएको छ । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक वा जो सुकै व्यक्ति कम्पनी तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । आवेदन दिन अन्तिम मिति भदौ ११ गते निर्धारण गरिएको छ । 

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले काठमाण्डौ लाजिम्पाटमा रहेको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा प्रति कित्ता के कति दरमा खरिद गर्ने हो उल्लेख गरी बोलपत्र आवेदन पेश गर्नु पर्नेछ ।  

यसरी बोलपत्र पेश गर्दा न्यूनतम २ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।    

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.