सोमबार, बैशाख ७,२०८३ 07:59:15
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 07:59:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नबिल स्टक डिलरद्वारा सेयर लगानी साक्षरता कार्यक्रम सम्पन्न

Bizshala
नबिल स्टक डिलरद्वारा सेयर लगानी साक्षरता कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । नबिल स्टक डिलर लिमिटेडले आफ्नो लगानी साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  युवाहरुलाई वित्तीय स्वतन्त्रता प्राप्त गर्न र स्टक बजारको अन्वेषण गर्न कम्पनीले उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ ।  

असोज ४ गते रोटर्याक्ट क्लब अफ लिबर्टी कलेजसँगको सहकार्यमा सञ्चालित लगानी साक्षरता कार्यक्रमले वित्तीय सचेतना बढाउन र लगानीकर्ताहरूको अर्को पुस्तालाई सशक्त बनाउन महत्त्वपूर्ण कोसेढुङ्गा साबित भएको कम्पनीले जनाएको छ । कार्यक्रममा कोटेश्वर सरस्वती माविका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमविद्यालय, वित्तीय बजारको गतिशील परिदृश्य मूल्यांकन गर्न आवश्यक ज्ञान र व्यक्तिगत समर्थन प्रदान गर्नमा केन्द्रित थियो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कार्यक्रममा जम्मा ८० विद्यार्थीले सक्रिय सहभागिता जनाएका थिए । कार्यक्रममा वित्तीय स्वतन्त्रताको चरण, सेयर बजारको अवलोकन र संलग्न पक्षहरू, नेपालको सेयर बजारमा कम्पाउन्डिङ, सेयर बजारलाई असर गर्ने कारक, नेप्सेमा जोखिम र पुरस्कारको इतिहास, लगानीकर्ता बनाम व्यापारी, मिथक र तथ्यहरू जस्ता आवश्यक विषयवस्तुहरू समेटिएको थियो। नेपाली सेयर बजार, बजारमा जोखिम न्यूनीकरण, बुद्धिमानीपूर्वक आफ्नो ट्रेडिङ प्लेटफर्म छनोट गर्ने जस्ता विषयका बारेमा समेत जानकारी दिइएको थियो ।  

CG Motors
Garima Development Bank
IME remit

कार्यक्रमका सहजकर्ता रस्बिन पाण्डेले भने, ‘नबिल स्टक डिलरले यस्ता युवा तथा आकांक्षी विद्यार्थीहरूलाई बचत र लगानीको ज्ञान बढाउन यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनेछ। उनीहरु भविष्यका लगानीकर्ता र भविष्यका नेता हुन् ।’

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.