बुधबार, असार १७,२०८३ 03:36:16
Bizshala
  • बुधबार, असार १७,२०८३ 03:36:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पूँजी बजारबाट १० लाख बढी लगानीकर्ता पलायन, निष्क्रिय खाता बन्द गर्ने योजनामा नियामक

Laxmi Sunrise Bank Limited
पूँजी बजारबाट १० लाख बढी लगानीकर्ता पलायन, निष्क्रिय खाता बन्द गर्ने योजनामा नियामक

काठमाण्डौ । पछिल्लापटक पूँजीबजार सुस्ताउँँदा ठूलो संख्यामा लगानीकर्ता  पलायन भएका छन् ।  

हरेक बुलमा सेयर बजारमा रौनक छाउँदा विद्यार्थी, व्यवसायीदेखि गृहिणीसम्मको उपस्थिति बजारमा उल्लेखनीय रुपमा देख्न पाइन्छ । तर बजार सुस्ताउँदा भने यस्तो संख्या क्रमशः घट्ने गर्छ ।  

हाल सीडीएससीको डिम्याट र 'मेरो सेयर'को संख्याको फरक नियाल्दा पूँजी बजारबाट लगानीकर्ता पलायन भएको प्रष्टै देखिन्छ ।  

सीडीएसीको तथ्यांकअनुसार हाल पूँजी बजारमा करिब ६५ लाख डिम्याट खाता रहेका छन् भने ५५ लाख २८ हजार ७२० मेरो सेयरको संख्या रहेको छ । पूँजी बजारमा रौनक छाउँदा यो संख्या ह्वात्तै बढेको थियो । तर हाल सक्रिय 'मेरो सेयर' प्रयोगकर्ताको संख्या जम्मा ३६ लाख ७८ हजार १५४ रहेको छ ।  

New Office
CG Motors
Garima Development Bank

यस हिसाबले हेर्दा हाल 'मेरो सेयर'मा नै झण्डै १० लाख बढी खाता निष्क्रिय अवस्थामा छन् । यो संख्याले पूँजी बजारमा कुनै समय सक्रिय भएका लगानीकर्ता कुनै न कुनै हिसाबले पलायन भएको हुनसक्ने संकेत गरेको सीडीएसीका प्रवक्ता सुरेश न्यौपानेले बताए । 

उनका अनुसार डिम्याट संख्या झण्डै  ६५ लाख पुग्नुमा सबै लगानीकर्ताहरुमा यो अनिवार्य भएको कारण नै हो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

‘सेयर कारोबार गर्न डिम्याट खाता अनिबार्य गरिएका कारण सबैले डिम्याट खाता खोल्दा झण्डै ६५ लाख संख्या पुगेको हो,’ उनले भने, ‘तर हालसम्म पनि 'मेरो सेयर' सबैका लागि अनिवार्य गरिएको छैन । अहिले पनि करिब ५ प्रतिशतले कागजी रुपमा आईपीओमा आवेदन दिन र डीआइएस गर्न सक्छन् ।’  

'मेरो सेयर'को संख्यामा देखिएको फरकले भने पूँजीबजारबाट लगानीकर्ता अन्य व्यवसाय वा विदेश पनि पलायन भएकोे हुन सक्ने  उनले बताए । अब सेयर नै नभएको खाता भने नियामकले क्रमशः बन्द गर्दै जाने विषयमा सोच्नुपर्ने बेला आएको पनि न्यौपानेले बताए ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.