काठमाण्डौ । अमेरिकाको चर्चित कम्पनी एप्पलको बहुप्रतिक्षित आइफोन-८ र ८ प्लस एक भव्य समारोहका बीच सार्वजनिक गरिएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित कुपर्टिनोमा आयोजित एक भव्य कार्यक्रमबीच एप्पलका सीइओ टिम कुुकले आइफोनका नयाँ भर्जनहरु सार्वजनिक गरेका हुन् । 

आइफोन ८ को मूल्य  ६९९ डलर तथा ८ प्लसको मूल्य ७९९ डलर राखिएको छ । यसको साथै कम्पनीले आइफोन एक्स(X)को समेत केही झलक देखाएको थियो । प्रयोगकर्ताको अनुहारबाट अनलक हुने आइफोन एक्सको मूल्य ९९९ डलरबाट सुरु हुने सो क्रममा बताइएको सिएनएन मनीले जनाएको छ । 

आइफोनको १० औं वार्षिकोत्सवको अवसरमा एकसाथ तीनवटा भर्जन लञ्च गरिएको हो । त्यसअघि टिम कुुकले एप्पल वाच तथा एप्पल टिभी समेत लञ्च गरेका थिए । लञ्चिङको क्रममा कम्पनीको सेयर मूल्यमा १ प्रतिशतभन्दा माथिको बढोत्तरी भएको थियो । 

आइफोन एक्स(iphone-x)को विशेषता

  • यो फोनमा फेस आइडी फिचर रहेको छ । यही कारण प्रयोगकर्ताले आफ्नो अनुुहारको मद्धतले आइफोनलाई अनलक गर्नसक्छ ।
  • यसले डिभाइसलाई पूर्ण रुपमा सुरक्षित राख्नेछ । साथै डिजिटल पेमेन्ट ‘एप्पल पे’लाई समेत सपोर्ट गर्नेछ । यसको सबैभन्दा ठूलो विशेषता यो छि कि यसले अँध्यारोमा समेत प्रयोगकर्ताको अनुहार पहिचान गर्छ । 
  • यसको ग्लासमा अझ फिनिसिङ दिइएको छ भने ६४ जीबी र २५६ जीबीको दुुई भेरिएन्टमा उपलब्ध छ । यसको प्रिअर्डर २७ अक्टोबरबाट सुरु हुने बताइएको छ । 
  • कम्पनीले यो फोनको मार्केटिङदेखि बिजिनेशसम्मका लागि अहिलेसम्मकै सबैभन्दा आक्रामक योजना बनाएको छ । यहीकारण यो फोन बजारमा उतारेको पहिलो दिन नै विश्वभरका ६० देशमा फैलिएको एप्पल स्टोर्समा उपलब्ध हुने गरी काम थालिएको छ ।\
  •  

पहिलोपटक ताररहित चार्जिङ

  • यस्तै, आइफोन ८ एप्पलको पहिलो डिभाइस हो, जसमा डुुअल क्यामेरा तथा ए इलेभेन चिप रहेको छ । 
  • आठौं जेनेरेसनको यो हेडसेटलाई आगुुमेन्टेड रियालिटीको सपोर्ट रहनेछ, जसकाकारण प्रयोगकर्ताले रियल टाइम अब्जेक्टलाई सहजै ट्रयाक गर्न सक्नेछन् । 
  • दुवै भेरिएन्ट्समा पहिलोपटक ताररहित चार्जिङको सुविधा उपलब्ध छ । आठौं जेनेरेसनको यो हेडसेटमा सातौ जेनेरेसनको तुलनामा २ घण्टा बढीको ब्याट्री ब्याकअप समेत प्राप्त हुनेछ । 
  • आइफोन आठ तथा आठ प्लसमा १२ मेगापिक्सेलको क्यामेरा हुने र भिडियोको क्वालिटी विश्वकै उत्कृष्ट हुने दाबी गरिएको छ । 
  • यी दुुई सिरिजको मोवाइल फोनबाट हरेक प्रकारको कम प्रकाशमा समेत राम्रो फोटो खिच्न सकिनेछ । पोट्रेट मोडमा समेत धेरै सुधार गरिएको छ, ताकि धेरै डिटेलिङवाला सेल्फी लिन सकियोस् । 
  • आइफोन ८ मुख्य रुपमा सिल्भर, स्पेस ग्रे तथा नयाँ गोल्ड गरी तीन रंगमा उपलब्ध हुनेछन् । यो ७००० सिरिज आल्मुनियमबाट बनेका हुन् । 

एप्पल टिभी
कुुकले सोही अवसरमा आफ्नो दोश्रो उत्पादन एप्पल टिभी फोर के समेत लञ्च गरेका छन् । यो टिभी २२ सेप्टेम्बरबाट विश्वभरका बजारमा उपलब्ध हुने बताइएको छ । ३२ जिबीको फोर के टिभीको मूल्य १७९ डलर तथा ६४ जीबीको मूल्य १९९ डलर राखिएको छ । 

कम्पनीका सिनियर भाइस प्रेसिडेन्ट एडी क्यूूले टिभीको विशेषताको बिषयमा बताएका छन् । उनका अनुसार लाइभ स्पोर्ट तथा न्यूज टिभी आउन लागेको हो । एप्पलले यसका लागि हलिवडका स्टूूडियोको साथमा लाइभ स्ट्रिमिङ सर्भिसेजको सेवा दिने जस्तै नेटफ्लिक्सको साथमा काम गरिरहेको छ । यो प्रयासले सार्पटर रिजोलुसन कन्टेन्ट प्राप्त हुने आशा गरिएको छ । 

एप्पल वाच


सो समारोहमा कुकले सबैभन्दा पहिला एप्पल वाचको नयाँ भर्जन सार्वजनिक गरेका थिए । नयाँ सिरिज थ्रीको एप्पल वाच दुुई भेरिएन्ट्स रहेका छन् : सेल्यूूलर र ननसेल्यूूलर । सेल्यूूलरको साथमा एप्पल वाचको मूल्य ३९९ डलर राखिएको छ भने बिना सेल्यूूलर भेरिएन्टको मूल्य ३२९ डलर राखिएको छ । 

स्ट्याण्डअलोन एप्पलको वाचको सहयोगले क्लियर भ्वाइस क्वालिटीको साथ कुराकानी समेत गर्न सकिनेछ । यो घडी २० सेप्टेम्बरदेखि विश्वभरका स्टोर्सहरुमा उपलब्ध हुने घोषणा गरिएको छ । 

एप्पल वाच(घडी) लञ्च गर्दै टिम कुुकले आफूहरुले उत्पादन गरेको स्मार्ट वाच विश्वभरकै नम्बर वान वाच बनेको बताएका थिए । एप्पलको यो वाचले रोलेक्स, ट्याग, कार्टियर जस्ता ब्राण्डेड वाच(घडी)हरुलाई समेत पछाडि पारिसकेको छ । एप्पल वाचको बिक्रीमा प्रत्येक वर्ष ५० प्रतिशतको बढोत्तरी भइरहेको सो क्रममा बताइएको थियो । यो वाचको ग्राहक सन्तुुुष्टि रेट ९७ प्रतिशत रहेको छ । यसको मुटुुको धड्कन नाप्ने मनिटर विश्वमा सबैभन्दा धेरै प्रयोग गरिन्छ । 

एप्पल वाचका सीइओ  जेफ विलियम्सले वाचको साथमा आउने हेल्थ तथा जिम सर्पोटिङ एप्सको बिषयमा बताएका थिए । उनका अनुसार तपाईको पूरा फिटनेशका लागि यो घडीमा केही न केही विशेषता राखिएको छ । एप्पल वाचको यो तेश्रो सेरिजमा लाइभ स्ट्रिमिङको माध्यमबाट ४० मिलियन गीतहरुको लाइब्रेरीको एक्सिस प्राप्त हुुनेछ।

एप्पलका सिनियर भाइस प्रेसिडेन्ट एञ्जेला एरेन्ड्सले भनेकी छिन् कि प्रत्येक वर्ष विश्वभरका करिब ५०० मिलियन मानिस एप्पल स्टोर्समा आउने गर्छन् । निकट भविष्यमै विश्वका केही चुनिएका शहरहरुमा एप्पलले टाउन स्क्वायर स्टोर्स खोल्ने समेत उनले घोषणा गरिन् ।