काठमाण्डौ । अक्सन मार्केटमा वाणिज्य बैंकको हालसम्मकै धेरै कित्ता संस्थापक सेयर लिलामीबाट बिक्री हुने बाटो खुलेको छ । 

नेपाल धितोपत्र बोर्डले बैंक अफ काठमाण्डुलाई बैंकको ६१ लाख ५८ हजर ६७ कित्ता सस्थांपक शेयर लिलाम बढाबढ गरी सर्वसाधारणलाई बिक्रीका लागि मार्ग प्रशस्त गरिदिएको हो । 

हालसम्म कुनै पनि वाणिज्य बैंकले यति ठूलो संख्याको संस्थापक सेयर लिलाम बढाबढबाट बिक्री गरेको थिएन । 

बैंकको संस्थापक सेयरका लागि नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । लिलामीबाट संस्थापक सेयर बिक्रीको आधिकारिक सूचना केही दिनपछि प्रकाशन गरिने बैंकले प्रष्ट्याएको छ । 

बैंक अफ काठमाण्डूूले संस्थापक र साधारण सेयरधनीको सेयर स्वामित्व संरचना ५१:४९ मा रुपान्तरण गर्न ठूलो संख्यामा एफपीओ निश्कासनको अनुमति मागेको थियो । तर, धितोपत्र बोर्डले एफपीओ निश्कासनको अनुमति दिएन । बरु, संस्थापक सेयरलाई सर्वसाधारणमा रुपान्तरणका लागि लिलाम बढाबढबाट बिक्रीको मार्ग प्रशस्त गरिदिएको हो । बोर्डबाट अनुमति पाएपछि बैंक अफ काठमाण्डूूले पनि एफपीओको बाटो छाडेर अक्सनको बाटो रोजेको हो ।