काठमाण्डौ । नेपाल इन्भेष्टर्स फोरमका कार्यसमितिका पदाधिकारीहरुले बुधबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का नवनियुक्त प्रमुख चन्द्रसिंह साउदलाई स्वागत गर्दै बजार सुधारका लागि तत्काल गर्नुपर्ने ५ बुँदे कामको बिषयमा सुुझाव समेत दिएका छन् । 

साउदलाई शुुभकामना दिन पुुगेका लगानीकर्ताले अक्सन तथा हकप्रद सेयरलाई तत्कालै आश्वा प्रणालीमा आबद्ध गरी नेपालभरका सबै लगानीकर्ता सहज किसिमले सहभागी हुने व्यवस्था गर्न माग गरेका छन् । हालसम्म आइपीओमा मात्र लगानीकर्ताले आश्वाबाट आवेदन दिन पाउँछन् । हकप्रद सेयरका लागि सम्बन्धित कम्पनीले आवेदन केन्द्र तोके पनि अनलाइनबाट आवेदन दिने व्यवस्था छैन । सेयर लिलामीको प्रक्रिया त पूर्ण रुपमा राजधानी केन्द्रीत छ । राजधानीमा थुप्रिएका मर्चेन्ट बैंकको मुख्य कार्यालयमा गएर लगानीकर्ताले लिलामीका लागि बोलपत्र पेश गर्नुपर्छ । 

निकै लामो समयदेखि मोफसलका लगानीकर्ताले सेयरको लिलामीमा आफूहरुको सहभागिताको व्यवस्था गर्न माग गर्दै आइरहेका छन् । उनीहरुले माग गर्दै आएको हकप्रद भर्दा समेत आस्वामार्फत जानुपर्ने माग समेत सम्बोधन गरिनुपर्नेमा फोरमले जोड दिएको हो । 

यस्तै, पूर्व निर्धारित समयमै पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको सुरुवात गर्नुपर्ने सुुझाव दिएका छन् । यस्तै, बैंक तथा बित्तीय संस्थाहरुलाई ब्रोकर लाइसेन्स प्रदान गरी सबै स्थानीय निकायहरुबाट सहज सेयर कारोबारको वातावरण तयार गर्नुपर्ने, ब्रोकरको कार्यक्षेत्र बिस्तार हुनुपर्ने माग गरेको छ । 

यसैगरी, फोरमले यस्तै, बजार निर्माता र डिलरसिपको कार्य तत्काल अगाडि बढाउन समेत नेप्से प्रमुखले ठोस कार्य थाल्नुपर्ने फोरमको सुुझाव छ ।