काठमाण्डौ । अग्नि ग्रुपले नेपाल एपीएफ क्लबको फुटबल खेल प्रवद्र्धनका लागि अग्नी इन्कर्पोरेटेड प्रा.लि.(महिन्द्रा)ले प्रायोजन गर्दै आएको छ । यसै सिलसिलामा २०७४, असार २९ गते अग्नि ग्रुपका तर्फबाट अर्जुन शर्माले एपीएफ प्रमुख सिंहबहादुर श्रेष्ठलाई आगामी सिजनका लागि आवश्यक पर्ने जम्मा ११२८ थान जर्सी तथा ट्रयाक प्रदान गरे । 

अग्नि ग्रुपले सो टिमलाई ५ वर्षको लागि प्रायोजन गरेको छ । यस अवस्थामा अग्निले एपीएफ क्लवलाई वर्षभरि आवश्यक पर्ने खेल सामाग्री निरन्तर उपलब्ध गराउँदै आएको छ । 

नेपालमा खेलकुदको विकासमा अग्नि ग्रुपको प्रायोजनसँगै सकारात्मक प्रभाव परेको छ भने यो एपीएफ क्लबले समग्र देशको खेलकुद विकारमा उत्तरदायी एवं जिम्मेवारीपूर्ण भूमिका खेल्दै आएको छ । अग्नि ग्रुपले आफ्नो सामाजिक उत्तरदायी भूमिका अन्तर्गत यसपटक आफूलाई नेपाली खेल जगत्मा केन्द्रित गराएको छ । राष्ट्रिय लिगमा मात्र केन्द्रित नभई खेलकुदको जरैदेखि विकास गर्नमा अग्नि केन्द्रित छ । 

सन् १९९१ मा नेपालमा स्थापना भई  विस्तार भएको गग्नि ग्रुप प्रा.लि अन्तर्गत अग्नी इन्कर्पोरेटेड, अग्निी इनर्जी, अग्नि मोटो इन्क, बालाजू अटो वक्र्स रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेकल, ट्र्याक्ट, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन् ।