काठमाण्डौ । विश्वभरि १२ जुनलाई विश्व मासुुमुक्त दिवसको रुपमा मनाइयो । यदि विश्व अचानक सधैंका लागि शाकाहारी भयो भने यसको कस्तो असर पर्ला ?

बीबीसीले विश्व अचानक साकाहारी भए त्यसबाट जलवायुु, वातावरण, हाम्रो स्वास्थ्य तथा अर्थव्यवस्थामा पर्ने असरको बिषयमा लेखेको छ । 

  • यदि २०५० सम्म विश्व साकाहारी भयो भने प्रत्येक वर्ष ७० लाख कम मानिसको मृत्यु हुन्थ्यो । यस्तै पशुु पंक्षीसँग जोडिएका उत्पादनहरु बिल्कुलै कसैले खाएनन् भने प्रत्येक वर्ष ८० लाख मानिसको मृत्यु हुँदैन थियो । 
  • अक्सफोर्डको मार्टिन स्कूल फ्यूचर अफ फूड प्रोग्रामका एक खोजकर्ता मार्को स्प्रिंगमेनका अनुसार खाद्य सामाग्रीसँग जोडिएको उत्सर्जनमा ६० प्रतिशतको गिरावट आउनेछ । यो रातो मासुुको मुक्तिबाट संभव हुनेछ किनभने रातो मासुु मिथेन ग्यास उत्सर्जित गर्नेवाला पशुुबाट मात्र प्राप्त हुन्छ । 
  • यो निर्णयबाट विकासशील विश्वका  किसान नराम्ररी प्रभावित हुनेछन् । विश्वका शुुष्क तथा अर्धशुुष्क इलाका पशुु पालनका लागि छनौट गर्ने गरिन्छ । अफ्रिकाको साहारा मरुभूमिको छेवैमा सहेल ल्याण्ड रहेको छ, जहाँ बस्ने मानिस पशुु पालनमा निर्भर छन् । यस्ता समुदाय स्थायी रुपमा विस्थापित हुनेछन् । यसबाट यस्ता समुदायको सांस्कृति पहिचान समेत खतरामा पर्नेछ । 
  • जंगल जलवायुु परिवर्तनबाट कम प्रभावित हुनेछ । समाप्त हुँदै गरेको जैविक विविधताको पुनर्जन्म हुनेछ । जंगलमा एक किसिमको सन्तुलन कायम हुनेछ । यसअघि साकाहारी पशुुलाई बचाउन हिंस्रक जनावरलाई मार्ने गरिन्थ्यो । 
  • जो पशुुसँग जोडिएको उद्योगमा लागेका छन्, उनीहरुले नयाँ ठाउँ र करिअर खोज्नुपर्ने हुन्छ । उनीहरुले कृषि, बायोउर्जा वा नवीकरणीय उर्जा लगायतका क्षेत्रमा आउन सक्छन् । यदि उनीहरुलाई अर्को रोजगारी प्राप्त भएन भने निकै ठूलो संख्यामा मानिसहरु बेरोजगार बन्नेछन् र यसबाट पारम्परिक समाजमा समेत ठूलो उथलपुुथल हुनेछ । 
  • कतिपय अवस्थामा यसबाट जैविक विविधतामा पनि असर पुुग्नेछ । जस्तो, कयौं वर्षदेखि भेडाको व्यवस्थापन एकजना मानिसले मात्र गर्दथ्यो र उसले वृहत चरण क्षेत्रमा भेडाहरु पाल्थ्यो । तर, पूरा विश्व शाकाहारी हुँदा यस्ता पशुुहरुको व्यवस्थापन समेत आम सर्वसाधारणले गर्नुपर्ने हुनसक्छ । 
  • विश्व शाकाहारी भयो भने क्रिसमस टर्की(एक खालको चरा, जसलाई मानिसले मीठो मानेर खान्छन्), रहने छैन । शाकाहारी हुनुको अर्थ हो चलिआएका परम्पराहरु निकै नराम्ररी प्रभावित हुन्छन् । विश्वभरमा यस्ता समुदाय पनि छन्, जसले विवाह तथा अन्य उत्सवमा मासुु उपहार दिने गर्छन् । 
  • मासुको खपत नभएपछि  मुटुुको बिरामी, डायबिटिज, हर्टअट्याक तथा केही प्रकारका क्यान्सरको समेत आशंका रहनेछैन । यसको अर्थ, विश्वभरिको कमाईको २ देखि ३ प्रतिशत यस्ता रोगहरुको उपचारमा खर्च हुन्थ्यो, त्यो बच्नेछ ।
  • तर हामी मानिसका पोषणका केही वैकल्पिक वस्तुुहरु परिवर्तन गरेरै मासुुलाई हटाउनुपर्ने हुन्छ । एक अनुमानका अनुसार विश्वभरका २ अर्ब मानिसहरु कुपोषणका शिकार छन् । अन्नको तुलनामा मासुुबाट मानिसलाई ज्यादा पोषण प्राप्त हुन्छ ।