काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो बैंकिङ्ग पहुँच पुर्याउने उद्देश्य सहित विभिन्न स्थानहरुमा आफ्नो शाखा कार्यालयहरु विस्तार गर्दै जाने क्रममा अछाम जिल्लाको चौरपाटी गाउँपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । 

सो शाखा कार्यालयको समुद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा तथा बैंकका संचालक समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरे । 

उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, स्थानिय जनप्रतीनिधिहरु तथा स्थानिय व्यवसायीहरुको उपस्थिती थियो । 

शाखा कार्यालयहरुको उद्धघाटन पश्चात् बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।