काठमाण्डौ । प्रभू बैंक लिमीटेडले अछामको साँफेबगरमा शाखा कार्यालय संचालनमा ल्याएको छ । 

जेठ १७ गते एक समारोहका बीच साँफेबगर नगरपालिकाका मेयर कुलबहादुर कुँवरले साँफेबगर नगरपालिका वडानम्बर ३ मा स्थापित बैंकको शाखाको औपचारिक समुद्घाटन गरेका हुन् । 

शाखा उद्घाटन कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघका अधिकारी, विभिन्न संघसंस्थाका पदाधिकारी, स्थानीय व्यापारी व्यवसायी तथा सर्वसाधारणको ठूलो उपस्थिति रहेको थियो । 

साँफेबगर शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।