काठमाण्डौ । अजोड इन्स्योरेन्सको आइपीओमा मागभन्दा ५ गुणा बढी आवेदन परेको छ । 

बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार आइतबार साँझ ५ बजेसम्ममा ४ लाख १ हजार ५०२ जनाले १ करोड ४७ लाख ८५ हजार कित्ताका लागि आवेदन दिएका हुन् । यो भनेको सर्वसाधारणका लागि निश्कासन गरिएको कित्ताको तुलनामा ५ गुणा भन्दा बढी हो । 

अजोड इन्स्योरेन्सले चुक्तापूँजीको ३० प्रतिशतले हुन आउने रु ३० करोड रुपैयाँ बराबरको आइपीओ असार २५ गतेदेखि निश्कासन गरेको हो । १०० रुपैयाँ अंकित दरका कुल ३० लाख कित्तामध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि निश्कासन गरिएको हो । 

आइपीओ खरीदका लागि इच्छुकले असार २९(भोलि)सम्म आवेदन दिनसक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।