काठमाण्डौ । नेप्सेले अजोड इन्स्योरेन्सको सेयरको दोश्रो बजार कारोबारका लागि ओपनिङ रेञ्ज तोकेको छ । 

नेप्सेले न्यूनतम ९७ रुपैयाँदेखि अधिकतम २९१ रुपैयाँको ओपनिङ रेञ्ज तोकेको हो । 

यो कम्पनीको १ करोड कित्ता सेयर सोमबार नेप्सेले दोश्रो बजार कारोबारका लागि सूचीकरण गरेको छ । सूचीकृत सेयर मंगलबार(भोलि)देखि कारोबारमा आउनेछ । 

कम्पनीले सर्वसाधारणसमक्ष एनआईबिएल एस क्यापिटल लिमिटेड (निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत ३०,००,००० कित्ता साधारण शेयर खुल्ला बिक्री आह्वान गरेको थियो । यसरी सर्वसाधारणमा बितरण गरिएको ३०,००,००० कित्ता तथा कम्पनीका संस्थापकहरुले लगानी गरेको ७०,००,००० कित्ता शेयर समेत गरी जम्मा १,००,००,००० कित्ता शेयर वितरण भई स्टक एक्सचेञ्जमा सूचीकरण भएको सेयर कारोबारमा आउनेछ । यसको अर्थ भोलि एकैदिन १ करोड कित्ता सेयरको बजारमा आपूर्ति हुनेछ ।