काठमाण्डौ । अजोड इन्स्योरेन्स लि. र एनआईसी एसिया बैंक लि. बीच सहकार्य गर्दै अनलाईन भुक्तानी सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । 

गत आइतवार आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत  सुरेन्द्र थापा र एनआईसी एसिया बैंक लि का सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसंगै एनआईसी एसिया बैंक लिमिटेडबाट अजोड इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण ग्राहकहरुले बीमा सम्वन्धी सम्पूर्ण  सेवा सुविधा एनआईसी एसिया बैंकको सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्स लि. ले जनाएको छ ।