काठमाण्डौ । अजोड इन्स्योरेन्सले आइपीओ निश्कासन गर्ने भएको छ। 

कम्पनीले आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका  ३० लाख कित्ता आइपीओ निश्कासनको माग गर्दै बोर्डमा माघ २१ गते आवेदन दिएको हो । बोर्डले कम्पनीको आवेदनलाई माघ २६ गतेदेखि आइपीओ निश्कासनको पाइपलाइनमा राखेको छ । 

यो कम्पनीले निश्कासन गर्न चाहेको रु. ३० करोड बराबरको आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गर्नेछ ।