काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडको रु. ३० करोडबराबरको आईपीओमा आज बिहीबारबाट खरिद आवेदन खुलेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित ३० लाख कित्ताबराबरको आईपीओ निष्कासन तथा बिक्री खुलाएको हो। कुल ३० लाख कित्तामध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। 

यो आईपीओ छिटोमा असार २९ गते (बैंकिङ समयपश्चात्) बन्द हुनेछ। ढिलामा साउन ८ गतेसम्म आवेदन दिन सकिने आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ। 

प्रत्याभुतकर्ता ग्लोबल आईएमई क्यापिटल तथा कुमारी क्यापिटल रहेका यो आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ। यो रेटिङले यो कम्पनीको आधारभूत पक्ष औसतभन्दा तल रहेको देखाउँछ। 

आईपीओ बिक्रीपछि यो कम्पनीको चुक्तापुँजी १ अर्ब रुपैयाँ पुग्नेछ। यो कम्पनी चुक्तापुँजी हाल ७० करोड रुपैयाँ रहेको छ। 

यो कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३.५१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।