काठमाण्डौ । नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडको तेश्रो म्युचुअल फण्ड नवील ब्यालेन्स फण्ड २ को ५ करोड ५२ लाख ७७ हजार ९९० इकाई मात्र बिक्री भएको छ । 

यो बुधबार साँझसम्मको तथ्यांक हो । कुल २१ हजार ६५८ आवेदनबाट सो इकाई खरीदका लागि आवेदन परेको हो । 

नवील इन्भेष्टमेन्ट बैंकिंगले बैशाख  ५ गतेदेखि १ अर्ब २० करोड रुपैयाँको इकाईको बिक्री खुलाएको थियो । पहिलो चरणमा आवेदन दिने बैशाख ९ गतेसम्म यो स्किमको ५० करोड रुपैयाँ बराबरको स्किम मात्र बिक्री हुन सकेको हो । 

अब यो कम्पनीले आइपीओ  बिक्रीका लागि ढिलोमा जेठ ३ गतेसम्म कुर्नुपर्नेछ । 

प्रति इकाई १० रुपैयाँको दरले निश्कासन भएको कुल आइपीओमध्ये १ करोड ८० लाख इकाई स्किम व्यवस्थापकका लागि सुरक्षित गरिएको छ भने बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि जारी गरिएको हो । 

बैशाख ९ गतेसम्म देशभरबाट १५ हजार ६९५ आवेदकबाट ५ करोड इकाई खरीदका लागि आवेदन परेको हो ।

इच्छुकले न्यूनतम १०० देखि अधिकतम १.२०  करोड इकाईसम्म खरीदका लागि आवेदन दिन सक्नेछन् । 

नवील ब्यालेन्स फण्ड १० वर्षे अवधिको बन्दमुखी स्किम हो । 

नवील इन्भेष्टमेन्ट बैंकिङले व्यवस्थापन गरेको नवील ब्यालेन्स फण्ड १ यसअघि नै परिपक्व भइसकेको छ भने ७ वर्षे अवधिको नवील इक्वीटी फण्ड अस्तित्वमा रहेको छ । यसको प्रति इकाई खूद मूल्य १० रुपैयाँ भन्दा कम छ । 

बजारमा संचालनमा रहेका अन्य म्युचुअल फण्डको न्याभ १० रुपैयाँ भन्दा कम रहेको र सस्तोमा दोश्रो बजारबाटै यस्ता फण्डका इकाई खरीद गर्न पाइने भएकोले समेत नवील ब्यालेन्स फण्ड २ का इकाई बिक्री हुन हम्मे हम्मे परेको हो ।