काठमाण्डौ । अटोमेटिक ट्रान्समिसन (एएमटी) कारको प्रयोग नेपालमा पनि तीव्रगतिमा भइरहेको छ ।

धेरै ट्राफिकजाम हुने ठाउँमा अटोमेटिक ट्रान्समिसन कार चलाउन सजिलो पनि हुन्छ । यही कारणले अटोमेटिक ट्रान्समिसन कार धेरैले मन पराउन थालेका छन् ।

त्यसो त सामान्यतया अटोमेटिक ट्रान्समिसन कार चलाउने क्रममा केही यस्ता सामान्य गल्तीहरु पनि हुन्छन् । जसले गियरबक्सलाई ठूलो नोक्सानी पुर्याउँछ ।

यहाँ हामी अटोमेटिक ट्रान्समिसन कार चलाउने क्रममा हुने सामान्य पाँच यस्ता गल्तीका विषयमा कुरा गर्न गइरहेका छौँ, जसका कारण हुने नोक्सानीबाट बच्ने उपाय पनि थाहा पाइराख्नुहोस् ।

१. ओरालो बाटोमा धेरैजसोको न्युटलमा कार चलाउने बानी हुन्छ । इन्धन बचाउन पनि केही यस्तो गर्छन् । तर यसो गर्नुले अटोमेटिक ट्रान्समिसन कारको गियरबक्सलाई नोक्सानी पुर्याउन सक्छ ।

न्युटलमा इन्धन सप्लाई बन्द हुन्छ । जसले ट्रान्समिसनलाई सजिलै काम गर्नका लागि पर्याप्त मात्रामा ल्युब्रिकेन्टस पाउँदैन । यसले कारको गियरबक्समा नोक्सानी पुग्न सक्छ । यसका साथै यस्तो स्थितिमा कारको पेडलमा अक्सेलरेट गरिँदैन । जसका कारण चालकले कारमा पूरै कन्ट्रोल गर्न सक्दैन । योभन्दा ठूलो खतराको कुरा हुन सक्दैन ।

त्यसैले ओरालो बाटोमा कारलाई न्युटलमा नचलाउनु नै उत्तम हुन्छ । किनकि इन्धन बचाउने चक्करमा गियरबक्समा नोक्सानी पुगिरहेको हुन्छ ।

२. अटोमेटिक ट्रान्समिसन कार चलाउने क्रममा यो गल्ती पनि भारी पर्न सक्छ । म्यान्युअल कारजस्तै यदि तपाइँ चलिरहेको कार रोक्नुअगाडि नै रिभर्स गियर हाल्नुहुन्छ । यसले कारको गियरबक्स फेल हुन सक्छ । जब तपाइँ गियरलाई अटो ट्रान्समिसनमा हाल्नुहुन्छ तब म्याकेनिजम गियर सिफ्ट गर्नका लागि ट्रासमिसन ब्यान्ड र क्लचको प्रयोग हुन्छ । त्यसैले जहिले पनि कार रोकिएपछि मात्र डाइभ मोडबाट रिभर्स मोडमा गियर बदल्नुपर्छ ।

३. अटोमेटिक ट्रान्समिसन कारहरु लन्च (अगाडि बढाउने) कन्ट्रोल फिचर रहेको हुन्छ । तीव्रगतिमा वा कम्पिटिसनका क्रममा यो फिरचर राम्रो स्टार्ट दिन्छ । लन्च कन्ट्रोलको प्रयोग गर्ने क्रममा अटोमेटिक कार चलाउने धेरैजसो नयाँ चालकले रेभ बढाउँछन् र त्यसपछि ड्राइभ मोडमा जान्छन् । यसले इन्जि र गियरबक्समा नोक्सानी पुग्न सक्छ । साथै कार झट्का दिएर अगाडि बढ्छ । अटोमेटिक कारलाई लन्च गर्ने सही तरिका कारालई ड्राइभ मोडमा राख्नुपर्छ, ब्रेक पेडल दबाउनुपर्छ, रेभ बढाउनुपर्छ र जब लन्चका लागि तयार हुन्छ तब क्लचजस्तै ब्रेक पेडल छोड्नुपर्छ ।

४. अटोमेटिक ट्रान्समिसन कारमा पार्किङ गर्ने क्रममा ‘पी’ मोडको प्रयोग हुन्छ । यो मोडमा कार पार्किङ गर्दा अगाडि–पछाडि सर्ने सम्भावना हुँदैन । जब तपाइँ कार पी मोडमा राख्नुहुन्छ तब गियरबक्स कग घुम्नबाट रोक्नका लागि पार्किङ पावलको प्रयोग गर्नुहुन्छ । यदि गुडिरहेको कारमा यदि तपाइँ यस्तो गर्नुभयो भने ट्रान्समिसनमा खराबी आउन सक्छ । यस्तो जब कार स्थिर हुन्छ तबमात्र यो मोडको प्रयोग गर्नुपर्छ ।

५. ट्राफिक लाइटमा रोकिने क्रममा अटोमेटिक कारलाई न्युटल मोडमा राख्ने बानी पनि आम भइसकेको छ । विशेषगरी इन्धन बनाउनका लागि यस्तो गरिन्छ । तर योभन्दा राम्रो बानी यदि ट्राफिक लाइटमा रोकिनुपर्यो भने आफ्नो कारलाई ड्राइभ मोडमा राख्नुपर्छ  र ब्रेक लगाउनुपर्छ । यसो गर्नुले बारम्बार गियरबक्सको प्रयोग गर्नुपर्ने हुँदैन । साथै यदि तपाइँको कारमा स्टप र स्टार्ट सिस्टम छ भने त्यसको प्रयोग गर्न सक्नुहुन्छ । –एजेन्सी