-भक्तराज रसाइली 
काठमाण्डौ ।  काठमाण्डौको भृकुटीमण्डपमा जारी नाडा अटो शोमा हुण्डाई गाडीको स्टलमा ग्राहकहरुको निकै ठूलो घूँइचो लागेको छ । हुण्डाईको स्टलमा अधिकांशको रोजाई तथा चासोको बिषय विद्युतीय गाडी रहेको छ । 

सो शोमा सबैको रोजाईको केन्द्रबिन्दू इलेक्ट्रोनिक भेहिकल आयोनिक इलेक्ट्रिक पनि हो । 

हुण्डाई परिवारका एजीएम सर्भिस अफिसर दीपक थपलियाका अनुसार यो एक पूर्ण कार हो र अत्यन्तै न्यून शूल्कमा गाडीको मज्जा लिन सकिनेछ । 

संसारभर नै विद्युतीय कारको प्रयोग बढेको र नेपालमा समेत आगामी दिनमा प्रशस्त विद्युत उत्पादन हुने भएकोले विद्युतीय गाडीको भविष्य निकै सुन्दर रहेको उनको दाबी छ ।  यो आयोनिक कार सबै नेपालीहरुको रोजाइ बन्न सक्ने थपलियाको दाबी छ । 


विश्वकै १ नम्बर इफिसियन्ट र थोरै लगानीबाट पनि यसको संचालन संभव भएकोले यसको अलग्गै विशेषता रहेको उनी बताउँछन् ।  २४ किलोवाट प्रतिघण्टा क्षमताको यो कार २२० देखि २५०  किलोमिटरसम्म प्रतिघण्टा दौडनसक्छ । उनले भने प्रति किलोमिटर १.५० रुपैयाँमै यो गाडी कुदाउन सकिन्छ । यो हिसाबले समेत मासिक ११ सय रुपैयाँ बजेटमा काठमाण्डौमा यो गाडी कुदाउन सकिन्छ । अरु कारमा मासिक ९ हजार रुपैयाँ इन्धन र सर्भिसिङ्ग लगायतमा खर्च हुने गर्छ ।

नेपाल सरकारले कर छुट दिएको हुनाले यसको मूल्य ५२ लाख ९६ हजार रहेको  छ भने खरिदमा केही छूटको व्यवस्था पनि रहेको थपलियाले बताए । 

विश्वको अत्याधुनिक टेक्नोलोजी सहितको आयोनिक कारमा अटोनोमस ईमर्जेन्सी ब्रेकको थप व्यवस्था भएसङ्गै गाडी आफैं रोकिने विशेषता छ । यसले दूर्घटनाबाट पनि जोगिन सकिने र स्मार्ट क्रूज कन्ट्रोल सिस्टम को फिचरका कारण अगाडि नै सेटिङ्ग गरेर चलाएको खण्डमा स्टेरिङ्ग मात्रै चलाएर ब्रेक स्पीड नियन्त्रण गर्न सकिने थपलिया बताउँछन् । यही विशेषताका कारण १० वर्ष चार्ज रिकभरिङ्ग हुने उनले बताए । 

यो गाडी ५ सिटे हो ।