-भक्तराज रसाइली 
काठमाण्डौ । स्कोडाका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लूले नाडा अटो शो २०१८ मा कोडियाक कार लञ्च गरेको छ । 

कम्पनीकी हस्पिटालिटी अफिसर अनुसा केसीका अनुसार ७ सिटे फूल सीयुभी कोडियाक कार २ हजार सीसी को हो ।

युरोपियन नवीनतम गाडीमा डिजल ईञ्जिन र अन्य थुप्रै विशेषता रहेका उनले बताइन् ।

९ वटा एयरब्याग सुबिधा रहेको कोडियाकमा ३ जोन क्लाइमाटोनिक विशेषताले भरिपूर्ण छ अर्थात् ड्राइभर र पछाडिका यात्रुका लागि छुट्टाछुट्टै एसी जडान रहेको केसीले बिजशालालाई बताईन । 

अटोमेटिक, भर्चुअल पेडल भएको सम्भवत यो पहिलो कार रहेको उनको दाबी छ । यो कारमा डीकी खोल्ने क्रममा खुट्टाको सेन्सरले नै खुल्दछ भने पानोरोमिक सन्प्रूफ र डोर एड्ज प्रोटेक्टर लगायतका राम्रा विशेषता समेत छन् ।

कोडियाक कारको मूल्य १ करोड ४९ लाख रहेकोमा नाडा अटो शोमा ईच्छुकलाई अन द स्पट छुट दिने कम्पनीको भनाई छ । पावरन्याप प्याकेज पनि रहेको कारमा लामो यात्रामा जाँदा टाउको स्थिर राख्न सिरानी जस्तो आरामदायी सुबिधा त छ भने रफ रोड प्याकेज १९० मिमि ग्राउन्ड क्लियरेन्स समेत रहेको  केसीले बताइन् ।