काठमाण्डौ । भृकुटीमण्डपमा जारी नाडा अटो शोमा बंगलादेशी बाइक कम्पनी रनरले आफ्ना ५ नयाँ मोडल एकैपटक सार्वजनिक गरेको छ । 

कम्पनीले १५० देखि २५० सीसी सम्मका स्पोर्ट्स सिरिज, डर्ट बाइक, स्ट्रिट बाइक र प्युअर स्कुटर रेञ्ज नेपाली बजारमा उतारेको हो ।

कम्पनीले आकर्षक मूल्य र विभिन्न स्किमका साथ यी बाइक उपलब्ध गराएको बताएको छ । कम्पनीले सार्वजनिक गरेका ५ मोडलको बिषयमा पढौं, बुँदागत रुपमा ः

फायरब्लेड सिरिज 

फायरब्लेडमा १६५ सीसी सीडीआई टीवाईएस इञ्जिन छ, जसले १० किलोवाट पावर र ११.५ एनएम टर्क प्रदान गर्छ । यसमा १८ लिटरको इन्धन ट्यांकी छ, जसका कारण पटक पटक इन्धन भर्नुपर्ने झञ्झट हुँदैन । यसमा १७० एमएम ग्राउण्ड क्लियरेन्स छ र अफरोड राइडका लागि उपयुक्त हुन्छ । यो विभिन्न ३ कलरमा उपलब्ध छ । यसको मूल्य ३ लाख २५ हजार रुपैयाँ छ । 

त्यसैगरी, फायरब्लेडमा १२५ सीसीमा पनि अर्को मोडल उपलब्ध रहेको छ । 

हक २००


नेपालका अफरोडहरुमा कुँदाउनका लागि उपयुक्त हक २०० उपयुक्त भएको र यसले ८ किलोवाट पावर र १४ एनएम टर्क उत्पादन गर्ने कम्पनीले बताएको छ । बाइक चलाउन सहजताका लागि यसमा सीजी ब्यालेन्सर छ । त्यसैगरी, सुरक्षाका लागि दुवै पांग्रामा फराकिलो साइजका डिस्क ब्रेक छन् । यसको मूल्य ३ लाख ५९ हजार रुपैयाँ छ ।

डोमिनेटर २५०


यो बाइकमा ब्यालेन्स सिफ्ट सहितको इञ्जिन छ, जसले १६.५ किलोवाट पावर र २० एनएम टर्क उत्पादन गर्छ । यसमा भएको एग्रेसिभ स्पोर्टी लुक्स, स्टाइल र एरोडाइनामिक बडी स्ट्रक्चरका कारण यही सेगेमेन्टका बाइकभन्दा यो फरक भएको कम्पनीको भनाइ छ । यसमा भएका मोनो सस्पेन्सन र फराकिलो डिस्क ब्रेकले गतिशीलता र सुरक्षामा थप भूमिका खेल्छन् । डबल साईलेन्सर सहित को आकरशम लुक्स भएको उक्त बाईकको मूल्य ३ लाख ८४ हजार रुपैयाँ छ ।

मोटो ११० स्कुटर


रनरले पहिलो पटक नेपाली बजारका लागि विशुद्ध स्कुटर सेगमेन्ट उपलब्ध गराएको हो । यो स्टाइलिस युनिसेक्स स्कुटरमा ११० सीसीको फोर स्ट्रोक इन्जिन र भेरिएबल स्पिड गियरबक्स छ । यसमा भएको १४ इन्चको रेडियल टायरका कारण स्मुद तथा अफरोड राइडिङ दुवैमा सहजता हुन्छ । यो स्कुटर विभिन्न ७ कलरमा उपलब्ध छ । यसको मूल्य २ लाख ४५ हजार रुपैयाँ छ ।

नेपालमा रमन मोटर्सले रनर बाइक बिक्री–वितरण गरिरहेको छ । कम्पनीले सेल्स, सर्भिस, स्पेयर पार्ट्स र सेफ्टी समेत गरी फोर एस सेवा उपलब्ध गराइरहेको बताएको छ।

नाडा अटो शोको अवसरमा यी बाइक र स्कुटरमा २० देखि ३० हजार रुपैयाँसम्म छुटको अफर समेत दिइएको बताइएको छ ।