काठमाण्डौ । अटो सकेन्टरमा देखिएको मन्दीका कारण भारमा थोरै कर्मचारी जागिर जाने क्रम चलिरहेको छ ।

अब टाटा मोटर्सले आफ्नो प्यासेन्जर एन्ज कमर्सियल भेइकल कारोबारसँग जोडिएका करिब १६ सय कर्मचारीलाई स्वेच्छिक अवकाश दिने योजना बनाइरहेको छ । टाटा मोटर्सले यस योजनाअन्तर्गत भारतभर रहेका आफ्ना संयन्त्रमा कार्यरत कर्मचारीलाई उनीहरुको पदअनुसार रकम भुक्तान गरेर स्वेच्छिक अवकाश दिने तयारी गरिरहेको हो ।

एक रिपोर्टका अनुसार आर्थिक मन्दीका कारण टाटा मोटर्सको कारोबार नराम्ररी प्रभावित भएको छ । यही कारणले कम्पनीले चालु आर्थिक वर्षको लागत कम गर्नका लागि यो कदम उठाउन लागेको हो ।

कम्पनीले यसअघि नै कारोबारमा संलग्नबाहेक अन्य कर्मचारीलाई जागिरबाट अवकाश दिइसकेको छ । त्यस्तै कम्पनीले इन्जिनियरिङ स्टाफमा पनि कटौती गर्न लागेको छ । केही सिनियर कन्सल्टिङ स्टाफको जागिर नवीकरणमा कम्पनीले विचार गरिरहेको छ ।

भारतका अटो इन्डस्ट्रीहरुमा सबैभन्दा धेरैलाई टाटा मोटर्सले रोजगारी दिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको कर्मचारी लागत कुल रेभेन्यू १०.७ प्रतिशत रहेको छ । जब कि यसको प्रतिद्वन्द्वी कम्पनी मारुती सुजुकी इन्डियामा कर्मचारी लागत ४.९ प्रतिशतमात्र रहेको छ ।

अटो सेक्टरमा देखिएको मन्दीकै कारण भारतमा रहेका हीरो मोटोकर्प, अशोक लेल्यान्ड र टोयोटा किर्लोस्कर पनि आफ्ना कर्मचारीहरुलाई स्वेच्छिक अवकाश योजना ल्याइसकेका छन् । – एजेन्सी