काठमाण्डौ । फजु खर्च, लगानीप्रति गलत धारणा वा आलस्यजस्ता विषयलाई नजरअन्दाज गर्ने हो भने पैसा बचत गर्न मुस्किल हुन सक्छ । यस्ता थुप्रै तरिका हुन्छन्, जुन देख्दा सामान्य लाग्न सक्छ तर तिनै तरिकाबाट ठूलो रकम बचत गर्न सकिन्छ ।

हामी यहाँ तिनै सामान्य तरिकाका बारे चर्चा गर्न गइरहेका छौँ, जसले भविष्यमा ठूलो धनराशि जम्मा गर्न मद्दत पुर्याउँछन् । 

१. सम्पत्ति बढ्ने क्षेत्रमा लगानी गर्नुहोस्

कार, बाइक, ल्यापटप, फर्निचर र महँगा मोबाइल फोन किन्दा पैसाको सही प्रयोग हुँदैन । यस्ता चिजले दैनिक कामकाजमा सहजता ल्याए पनि सम्पत्ति बढाउन कुनै भूमिका खेल्दैनन् । यस्तो यदि हामीले सम्पत्ति बढ्ने क्षेत्रमा लगानी गर्नुपर्छ । जस्तै घर, सुन वा स्टकमा लगानी गर्नुपर्छ । यी क्षेत्रमा गरिएको लगानी समयअनुसार बढ्दै जानुका साथै ठूलो धनराशि पनि जम्मा हुँदै जान्छ ।

अहिलेको अवस्थामा मोबाइल फोन र सवारीसाधन नभएमा कामकाज गर्न अप्ठेरा अवश्य हुन्छ तर यस्ता वस्तु ऋण लिएर किन्ने कोसिस नगर्नुहोस् । यस्ता वस्तुले सम्पत्ति बढ्ने होइन घट्दै जान्छ । 

२. धेरै समयसम्म पैसा घर वा बैंक खातामा नराख्नुहोस्

घरमा वा बैंक खातामा पैसा राखेर त्यसको महत्वलाई नघाउनुहोस् । बैंक खातामा पैसा राखेर थोरै ब्याज आम्दानी होला तर ठूलो धनराशि जम्मा गर्नुछ भने तपाइँले सही ठाउँमा लगानी गर्नैपर्छ । तपाइँले आफ्नो पैसा यही परिचालन गर्न पर्छ कि भविष्यमा त्यो ६–७ गुनाले बढोस् । यस्तोमा तपाइँले इक्विटी, रियल स्टेटजस्ता क्षेत्रमा लगानी गर्नुपर्छ । जसबाट आकर्षक प्रतिफल प्राप्त हुन्छ । 

३. फजुल खर्च नियन्त्रण गर्नुहोस्, लक्ष्य निर्धारण गर्नुहोस्

पहिले एउटा वित्तीय लक्ष्य निर्धारण गर्नुहोस् । त्यो लक्ष्य प्राप्तिको समयसीमा पनि तय गर्नुहोस् । अनि त्यहीअनुसार आफूसँगको पैसा लगानी गर्न थाल्नुहोस् । आफूले हरेक महिना लगानी गर्ने निश्चित रकम तय गर्नुहोस् र बाँकी रकम घरखर्चका लागि छुट्याउनुहोस् । यसले तपाइँको फजुल खर्च नियन्त्रण गर्छ । 

४. ५०–३०–२० को नियम बनाउनुहोस्

यो एउटा सजिलो तरिका हो । यो नियमअन्तर्गत आफ्नो आम्दानीको २० प्रतिशत रकम बचत गर्नुहोस् । त्यसपछि ५० प्रतिशत आवश्यक क्षेत्रमा खर्च गर्नुहोस् र बाँकी ३० प्रतिशत आफ्ना इच्छा लागेको चिजमा खर्च गर्नुहोस् । यो नियम लागू गरेमा तपाइँमा आम्दानी २० प्रतिशत बचत गर्ने बानी सजिलै विकास हुन्छ र त्यही पैसा फेरि राम्रो प्रतिफल आउने क्षेत्रमा लगानी गर्दा राम्रै धनराशि खडा गर्न सक्नुहुन्छ । 

५. अल्प र दीर्घकालीन योजना बनाउनुहोस्

वित्तीय योजना बनाउँदा अल्प र दीर्घकालीन बनाउनुहोस् । त्यसअनुसार आवश्यक खर्च र बचतको हिस्सा छुट्याउनुहोस् । यसरी योजना बनाएर अगाडि बढ्दा बचत गर्ने बानीको विकाससँगै ठूलै धनराशि बचाउन सक्नुहुन्छ । अनि फेरि बचेको पैसा उपयुक्त क्षेत्रमा लगानी गरेर आफ्नो सम्पत्ति बढाउन सक्नुहुन्छ ।