काठमाण्डौ । सिद्धार्थ बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ७७ करोड २८ लाख खूद नाफा आर्जन गरेको छ । गत वर्षको यही अवधिमा बैंकको नाफा ७२ करोड ६० लाखमा सीमित  थियो । 

बैंकको खूद ब्याज आम्दानी ७ प्रतिशतको हाराहारीमा बढी १ अर्ब ३९ करोडको उचाईमा पुगेको छ । गत वर्ष यस्तो आम्दानी १ अर्ब ३० करोड रुपैयाँमा सीमित थियो । खूद ब्याज आम्दानी बढे पनि बैंकको संचालन नाफा घट्दा खूद नाफातर्फ सामान्य मात्र बढोत्तरी देखिएको हो । 

समीक्षा अवधिमा बैंकले ८५ अर्ब ५६ करोड निक्षेप संकलन गरी ७५ अर्ब ६९ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ७४ अर्ब ३९ करोड निक्षेप संकलन गरी ६२ अर्ब ६५ करोड कर्जा प्रवाह गरेको थियो । 

बैंकको कर्जा पूँजी निक्षेप अनुपात सीसीडी रेसियो ७८.३३ प्रतिशत, कोष लागत ७.२८ र आधार ब्याजदर १०.५८ प्रतिशत छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २२.६४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६३.५१ रुपैयाँ, निस्क्रिय कर्जा १.५० प्रतिशत रहेको छ ।