काठमाण्डौ । नेपाली अर्थतन्त्रले निकै चाँडो रंग फेर्ने गर्छ । लगानीयोग्य रकम(तरलता) अभाव भई लगानीकर्ताले सकस भोगेको केही साता नबित्दै फेरि अधिक तरलताको समस्याले पिरोल्न थालेको छ । 

तरलताको समस्या यति विकराल बन्दै गएको छ कि राष्टबैंकले चालुु आर्थिक वर्षको पहिलो महिना मात्रै ७३ अर्ब ५० करोड तरलता प्रशोचन गरेको छ ।

यसमध्ये, पटक–पटक गरी निक्षेप बोलकबोलमार्पmत् रु. २७ अर्ब ७५ करोड, रिभर्स रिपोमार्पmत्(टर्नओभरको आधारमा) रु. ४५ अर्ब ७५ करोड तरलता प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप बोल–कबोलमार्फत् रु. ५ अर्ब र रिभर्स रिपोमार्पmत् रु. २७ अर्ब ४५ करोड गरी कुल रु. ३२ अर्ब ४५ करोड तरलता प्रशोचन भएको केन्द्रीय बैंकले जनाएको छ ।