काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफा १९.९३ प्रतिशतले घटेको छ ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले खुद नाफा ८४ करोड ४४ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकको खुद नाफा १ अर्ब ५ करोड रुपैयाँ थियो ।

बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा ४२ करोड ३७ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

बैंकको समीक्षा अवधिमा सञ्चालन मुनाफा १ अर्ब २० करोड रुपैयाँ रहेको छ । गत वर्ष सञ्चालन मुनाफा १ अर्ब ५० करोड रुपैयाँ रहेको थियो ।

प्रथम त्रैमासमा बैंकले खुद ब्याज आम्दानी १ अर्ब ५२ करोड रुपैयाँ गरेको छ । गत वर्ष यही अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५९ करोडरुपैयाँ नै रहेको थियो ।

बैंकले समीक्षा अवधिमा १ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३० अर्ब रुपैयाँ अर्ब कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा बैंकले १ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकको रिजर्भको आकार समीक्षा अवधिमा १० अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। गत वर्ष रिजर्भको आकार १० अर्ब ५३ करोड रुपैयाँ रहेको थियो ।