काठमाण्डौ । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आकर्षक वित्तीय नतिजा निकालेको छ ।

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले खुद नाफा १ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्षको यही अवधिमा ६ लाख २१ हजार रुपैयाँमा सीमित थियो । यसको मतलब गत वर्षको यही अवधिको तुलनामा संस्थाले २१ सय ३ प्रतिशतले खुद नाफामा छलाङ मारेको छ ।

संस्थाले सञ्चालन मुनाफामा व्यापक छलाङ मारेको छ । गत वर्ष यही अवधिमा ८ लाख १० हजार रुपैयाँमा सीमित सञ्चालन मुनाफा यो वर्ष ह्वात्तै बढेर १ करोड ६३ लाख रुपैयाँ पुगेको छ । यसले संस्थाको वित्तीय कारोबार आक्रामण देखाउँछ ।

त्यस्तै समीक्षा अवधिमा संस्थाले ३ करोड ३५ लाख रुपैेयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले १ करोड २२ लाख रुपैयाँमात्र खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा संस्थाले २१ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी ९८ करोड ६८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले १० करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरी ५२ करोड २६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

संस्थाले समीक्षा अवधिमा रिभर्जमा पनि व्यापक फड्को मारेको छ । गत वर्ष ८ लाख ३५ हजार रुपैयाँमा सीमित संस्थाको रिजर्भ बढेर २ करोड २१ लाख रुपैयाँ पुगेको छ ।

संस्थाको चुक्ता पुँजी ९ करोड ३७ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा संस्थाको चुक्तापुँजी ५ करोड ६० रुपैयाँ रहेको थियो । 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी २९.२३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २३.८८ रुपैयाँ रहेको छ ।