काठमाण्डौ। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले गत वर्षको तुलनामा १३९.९२ प्रतिशतले खुद नाफा बढाउन सफल भएको हो। गत वर्ष यही अवधिमा संस्थाको खुद नाफा ८५ लाख ७२ हजार रुपैयाँमात्र थियो। 

दोस्रो त्रैमासमा संस्थाको सञ्चालन मुनाफा २ करोड ३२ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा संस्थाले १ करोड १४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो। 

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ६ करोड १५ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा संस्थाले ३ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानीबापत कमाएको थियो। 

दोस्रो त्रैमासमा संस्थाले ४८ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ३१ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

यो अवधिमा संस्थाले ८७.०२ प्रतिशतले जगेडा कोष बढाएको छ। गत वर्ष ४ करोड ९३ लाख रुपैयाँ रहेको जगेडा कोष बढेर ८ करोड ९८ लाख रुपैयाँको उचाइमा पुगेको छ। 

संस्थाको चुक्तापुँजी ६ करोड ३३ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा संस्थाको चुक्तापुँजी ४ करोड ९३ लाख रुपैयाँको थियो। 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी ६४.९२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १५.७१ गुणा रहेको छ।