काठमाण्डौ । कोरोना महामारीले आम्दानीमा कमी आएपछि अधिकांश अमेरिकी धनाढ्यहरुले आफ्नो खर्चमा कटौती गर्ने योजना बनाएका छन्।

अन्य वर्षको तुुलनामा यो वर्ष अमेरिकी धनाढ्यहरुले आफ्नो व्यक्तिगत खर्च कम गर्ने बताएका छन्। उनीहरुले रियल स्टेट, नयाँ कार, भ्रमण र विलासी वस्तुुहरुमा एक वर्षसम्मका लागि लगानी नगर्ने भएका छन्।

एक सर्भेक्षणका अनुुसार अमेरिकाका चार अर्बपतिमध्य एकजनाले यो एक वर्षका लागि रियल स्टेटमा लगानी नगर्ने बताएका छन्। त्यस्तै १५ प्रतिशतले नयाँ कार किन्ने योजना र १० प्रतिशतले भ्रमण योजना रद्द गर्ने बताएका छन्। 

रद्द भएका खरिद र भ्रमणका योजनाहरु कहिले पुुनः सुुरु गर्ने भन्ने प्रश्नमा ३७ प्रतिशतले सम्भवतः २०२१ या त त्योभन्दा पनि पछि गर्ने उत्तर दिएका छन्। 

कोरोनाको महामारीका कारण अमेरिकाको अर्थतन्त्र यतिबेला नराम्ररी प्रभावित बनेको छ। जसले गर्दा त्यहाँका धनाढ्यहरुको आम्दानी र लगानी पनि प्रभावित बन्न पुुगेको छ। 

अधिकांश धनाढ्यहरुले आफ्नो सम्पत्तिको मूल्य यो वर्षको अन्त्यसम्म उस्तै रहने या त वृद्धि हुुने प्रक्षेपण गरेका छन् भने एक तिहाइले आफ्नो  आम्दानी उस्तै या त बढी हुुने अनुुमान लगाएका छन्।

महामारीले अमेरिकी धनाढ्यहरुको सम्पत्ति र आम्दानीमा खासै प्रभाव पर्ने नदेखिए पनि उनीहरुले आफ्नो खर्चमा कटौती गर्ने भएका छन्। यसको कारणका रुपमा कोरोनाले निम्त्याएको मन्दी सन् २००८–९ भन्दा बढी समयसम्म रहने अधिकांश धनाढ्यहरुको अनुुमान रहेको छ। 

कतिपय धनाढ्यहरुले रियल स्टेट र कारको मूल्य अझै घटेपछि किन्ने योजना बनाएको बताएका छन्। – एजेन्सी