काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा एशियन लाइफ इन्स्योरेन्सले १ अर्ब ७३ करोड बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको यस्तो आर्जन १ अर्ब २१ करोडमा सीमित थियो ।

कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आय समेत वृद्धि गरेको छ । अघिल्लो वर्ष ४४ करोडमा सीमित यस्तो आय बढेर यो वर्ष ६५ करोड १५ लाख माथि पुगेको हो ।

बिमालेखको धितोमा कर्जाबाट हुने आय १ करोड ११ लाखबाट बढेर २ करोड १३ लाख पुगेको छ भने  अन्य प्रत्यक्ष आय ८८ लाख ७५ हजारबाट बढी १ करोड ३७ लाखको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा कम्पनीको खूद नाफा २ करोड ८९ लाख रहेको छ । अघिल्लो वर्ष २ करोड ५८ लाख खूद नाफा आर्जन गरेको थियो ।

यो अवधिमा एशियन लाइफ इन्स्योरेन्सले १५ करोड बढीको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यस्तो भुक्तानी ७ करोड ९४ लाखमा सीमित थियो।

अघिल्लो वर्षको यही अवधिसम्म २ लाख ५ हजार १६२ मा सीमित बिमालेखको संख्या बढेर यो वर्ष २ लाख ५० हजार ३५४ पुगेको छ ।

कम्पनीले ११ अर्ब ३२ करोडमा सीमित जीवन बिमाकोषलाई थप मजबुत बनाई १५ अर्बको उचाई चुमाएको छ भने ४ करोड १२ लाखबाट घटेर ३ करोड ७२ लाखमा सीमित भएको छ । 

यस्तै, २५ करोड ४३ लाखमा सीमित जगेडाकोषको आकार बढी २६ करोड ३४ लाख पुगेको छ । 

कम्पनीको प्रतिसेयर आम्दानी ४.६९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२०.९६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३२.९४ गुणा कायम भएको छ ।