काठमाण्डौ । अध्यागमन विभागमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि भिसासम्बन्धी सेवाहरु बन्द गरिएको छ।

विभागका अनुसार कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि विदेशी नागरिकहरुलाई दिइने भिसासम्बन्धी कामहरु अनिश्चितकालका लागि स्थगित गरिएको हो। ती कर्मचारीलाई कसरी र कहाँबाट संक्रमण भएको भन्ने विषयमा अनुसन्धान भइरहेको विभाग स्रोत बताउँछ।

हाल विभागमा कर्मचारीमात्र प्रवेश गर्न दिइएको छ। अन्यलाई विभाग प्रवेशमा रोक लगाइएको छ।