काठमाण्डौ । नेपालका लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रालिले एक महिनाअगाडि सफलतापूर्वक बजेट सेगमेन्टको अनर एइट ए( Honor 8A) लञ्च गरेलगत्तै त्यही सेगमेन्टमा अनर एइट एस(Honor 8S) नेपाली बजारमा भित्र्याएको छ । 

यो फोन कम्पनीले मध्यम वर्गका उपभोक्तालाई लक्षित गरी बजारमा ल्याएको छ । 

अनर एइट एसमा ५.७१ इञ्चको डिउ ड्रप नोच डिस्प्ले, १३ एमपी एफ/१.८को प्राइमरी क्यामेरा र फाइभ एमपी एफ/२.२ को सेल्फी क्यामेरा रहेको छ । 

यो फोनको पछाडिपट्टि एउटा मात्र क्यामेरा भए पनि यसको फराकिलो साइजका कारण अपत्यारिलो फोटो खिच्न सक्छ । 

यो फोनमा दुई जीबी र्याम र ३२ जीबीको इन्टरनल मेमोरी दिइएको छ। 

यो फोन एन्ड्रोइड ९.१ अपरेटिङमा चल्नेछ । यो फोनमा ३०२० mAh को ब्याट्री उपलब्ध गराइएको छ । सुरक्षाको दृष्टिकोणले यसमा फेस अनलक र रेज टू वेक फङ्सन रहेको छ, साथै यसले कम प्रकाश भएको अवस्थामा पनि राम्रो काम गर्छ ।

यसको उपभोक्ता मूल्य १२५०० रुपैयाँ तोकिएको छ । यो फोन नेपाली बजारमा नीलो र कालो रंगमा उपलब्ध हुने बताइएको छ । अनर एइट एस आफ्नो सेगमेन्टकै सबैभन्दा धेरै फिचर्स भएको स्मार्टफोन हुने कम्पनीले दाबी गरेको छ । 

अनरका केही प्रचलित मोडलहरुको नेपाली बजार मूल्य यसप्रकार छ:
अनर सेभेन एस(
Honor 7S): रु. १२१९० बाट घटाएर १११९० बनाइएको
अनर टेन लाइट(
Honor 10 Lite): रु. २३९९० बाट घटाएर रु.२०९०० बनाइएको
अनर एइट एक्स(
Honor 8X): रु. २८९९० बाट घटाएर रु. २५९९० बनाइएको छ।

बजारमा हालै सार्वजनिक भएको Honor 8S का विशेषता यसप्रकार छः