काठमाण्डौ । बजारमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको परीक्षण चलिरहेको छ, तर यसको प्रगति सन्तोषजनक छैन । सिस्टममा आएका अनेकन गडबडी र झञ्झटिलो प्रक्रियाका कारण लगानीकर्ताले आफूसम्बद्ध ब्रोकरमा गएर यूजर नेम र पासवर्ड लिने चासो समेत निकै कम मात्र देखाएका छन् । 

लगानीकर्ताबाट अनलाइनको परीक्षण प्रणालीमा सहभागी हुन र नयाँ सिस्टममा अभ्यस्त हुन ढिलाई गरेको देखेर नेप्सेले लगानीकर्ताका लागि परीक्षण प्रणालीमा सहभागी भई सिस्टम संचालनको बिषयमा गाइडलाइन तयार गरिदिएको छ । 

नेप्सले लगानीकर्ताहरुलाई स्टेप बाई स्टेप टिप्स तयार गरी कसरी अनलाइन प्रणालीको परीक्षण सिस्टम चलाउने र यसमा अभ्यस्त हुने भन्ने बिषय सिकाएको छ । 

तर, नेप्सेको यो प्रक्रियामा सहभागी हुनुअघि लगानीकर्ताले आफूसम्बद्ध ब्रोकरमा गएर केवाइसी  अपडेट गराई यूजर नेम र पासवर्ड लिनुपर्नेछ । 

हाल परीक्षण भएकोले यो सिस्टमबाट लगानीकर्ताले खरीद तथा बिक्री अर्डर दिन भने सक्ने छैनन् । खरीद तथा बिक्रीको आदेश दिन, कारोबार गर्न पुरानै प्रणालीमा जानुपर्नेछ । तर, आफूले दिएको आदेश म्याच भए या नभएको कुरा भने यसमा हेर्न पाइनेछ । 

नेप्सेका अधिकारीहरुले जति बढी लगानीकर्ताले यो सिस्टम सिक्न थाले, त्यति नै पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको गुणस्तर सुधारमा आफूहरुलाई सहयोग पुग्ने भन्दै लगानीकर्तामा सकेसम्म चाँडो यूजर नेम र पासवर्ड लिन आग्रह गरेको छ । 

‘परीक्षणकालमा सहभागी नभई पछि सिस्टम चलाउन जानिदैन ।’ नेप्सेका एक अधिकारीले भने–‘अहिले सिस्टम चलाउन नजाने पछि समस्या हुन्छ ।’ 

उनका अनुसार अहिले लगानीकर्ताहरुले बढी भन्दा बढी यो सिस्टम चलाउन सके मात्र कमजोरीहरु बढी भन्दा बढी पत्ता लाग्ने र त्यसलाई यूएटी अवधिभरि सुधार गरी दशैंको मुखदेखि अनलाइन कारोबार प्रणालीको पूर्ण लञ्च गरिनेछ । यूजर एसेप्टेन्स टेस्ट(यूएटी)का लागि कम्तीमा पनि २ महिना लाग्ने भएको र त्यो अवधिमा लगानीकर्ताले चाहेको कुरा समेत सिस्टममा अपग्रेड गर्दै यसको सुरक्षा तथा गुणस्तरीयताको ग्यारेण्टीपछि पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको सुरुवात हुने बताइएको छ । 

उसो भए यो प्रणालीको परीक्षणमा कसरी सहभागी हुने त ? हेरौं नेप्सेले सुझाएको हरेक स्टेप सम्बन्धी जानकारी :