काठमाण्डौ । अनलाइन प्रणालीबाट सेयर कारोबार गर्नेको संख्या पछिल्लो समय बढ्दै गएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले हिजो सोमबार प्रकाशित गरेको सूचनाअनुसार नेपालभर अनलाइन प्रणालीबाट सेयर कारोबार गर्नेको संख्या ३३ हजार ४२९ पुगेको छ। 

पाँच महिनाअघि अनलाइन प्रणालीबाट सेयर कारोबार गर्नेको संख्या २० हजार ३२५ रहेको थियो। यो हिसाबले ५ महिनामा थप १३ हजार १०४ जना अनलाइनबाट कारोबार गर्नेहरु बढेका छन्।

भिजन सेक्युरिटिज प्रालिमा सबैभन्दा धेरै २ हजार २२९ जनाले अनलाइन प्रणालीमार्फत कारोबार गर्छन्। 

यसैगरी कोहिनूर एन्ड इन्भेस्टमेन्ट सेक्युरिटिज प्रालिबाट २ हजार ६६ जना अनलाइन प्रणालीमार्फत कारोबार गर्छन्। यस्तै सानी सेक्युरिटिज कम्पनी प्रालिबाट १ हजार ७८९ जना, आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजबाट १ हजार ६२७ जना र त्रिशक्ति सेक्युरिटिज प्रालिबाट १ हजार ५८४ जनाले अनलाइन प्रणालीमार्फत कारोबार गर्छन्। 

सबैभन्दा कम सगरमाथा सेक्युरिटिज प्रालिबाट ११७ जनाले अनलाइन प्रणालीबाट सेयर कारोबार गरिरहेका छन्। यस्तै अरुण सेक्युरिटिजबाट १३१ जना, सिप्ला सेक्युरिटिजबाट १५८ जना र आशुतोष ब्रोकरेज एन्ड सेक्युरिटिजबाट १८७ जनाले सेयर कारोबार गर्दा अनलाइन प्रणाली प्रयोग गर्ने गरेको नेप्सले जनाएको छ।